जिल्ला प्रहरी कार्यालय पर्साले भन्सार छली गरी भारतबाट भित्र्याइएका २० लाख ९० हजार ४ सय १० रुपैयाँ बराबरका विभिन्न सामान बरामद गरेको छ।
प्रहरीका अनुसार असोज २६ गते अपराह्न करिब ४स्३० बजे वीरगञ्ज महानगरपालिका–१६ स्थित रजतजयन्ती चोकबाट भन्सार छली गरी भित्र्याइएका सामान बरामद गरिएको हो।
बरामद गरिएका सामानमा सर्टिङ–सुटिङका कपडा, लेडिज कुर्ता–सुरुवाल, बालबालिकाका विभिन्न प्रकारका कपडा तथा खाद्यान्नलगायतका वस्तु रहेका छन्।
बरामद सामान आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय, पर्सामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।