पर्साको जीराभवानी गाउँपालिका–१, बलुवा टोलस्थित नेपाल–भारत सीमा नाकाको मुख्य प्रवेशद्वार वरपर युवा समाज पकडी टोलका युवाहरूले सरसफाइ गरेका छन्।
युवा समाज पकडी टोलमा आबद्ध युवाहरूले आज सीमा नाकाको मुख्य प्रवेशद्वार वरपर जम्मा भएको फोहोर सङ्कलन गरी सरसफाइ गरेका हुन्।
सार्वजनिक स्थललाई स्वच्छ, सफा र व्यवस्थित बनाउने उद्देश्यले युवाहरूले सामूहिक रूपमा सरसफाइ अभियान सञ्चालन गरेको युवा समाजले जनाएको छ। सीमा नाकाको मुख्य प्रवेशद्वार वरपर फोहोर जम्मा हुँदा वातावरणमा असर पर्ने भएकाले त्यस क्षेत्रलाई सफा राख्न अभियान सञ्चालन गरिएको हो।
सार्वजनिक स्थलको सरसफाइ तथा वातावरण संरक्षणमा स्थानीयवासीको सहभागिता बढाउने उद्देश्यले गरिएको यस अभियानले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ। सार्वजनिक स्थललाई सफा र स्वच्छ राख्नु सबैको साझा जिम्मेवारी भएकाले यस्ता अभियानलाई निरन्तरता दिनुपर्ने आवश्यकता रहेको छ।