बाराका प्रहरी उपरिक्षक नरेन्द्र कुवँरले शान्ति सुरक्षा , अपराध नियन्त्रण तथा सुचना सड्कलन गर्नका लागी खटाइएका सई नारायण लुईटेलले बारा जिल्लामा आर्थिक आँतक मच्चाएको आरोप लागेको छ ा क्राईम शाखाका सई नारायण लुइटेलले प्रहरी चौकीका असई तथा सईहरु सँग रकम माग्ने गरेको एक प्रहरीले दाबी गरे ा तस्कर र सई नारायण लुईटेलको बारा जिल्लामा समुधुर सम्बन्ध रहेको प्रहरी बृतमा चर्चा चलेको हो ा बाराको मुसहर्वा , बलिरामपुर, मटिअर्वा , सिमा्रेनगढ लगायत स्थानमा प्रहर िचौकीका ईन्चार्जलाई तस्करीको सुचारु गराउनका लागी सई लुईटेलले दबाब दिने गरेको भरपर्दाे श्रोतले दाबी गरेको छ ा बारा जिल्लाबाट कपडाको तस्करी गर्ने कमलेश सँग सई नारायण लुईटेलको रामा्रे सम्बन्ध रहेको छ ा तत्तकालिन प्रहरी चौकी मुसहर्वाका सई रहंदा नारायण लुइटेलले कमलेश सँग कपडा तस्करी सुचार गराउनका लागी सशस्त्र प्रहरी तथा नेपाल प्रहरीमा अहम भुमिका खेलेको प्रहरी हुन् ा बारा प्रहरीको का्रईम शाखाका ईन्जार्च समालेका सई लुईटेलले ब्यापक तस्करी तथा जुवा संचालन गराएका छन् ा भलुही चौकको बासघारीमा ठुलो कौडा संचालन गरेर जुवाडेबाट मासिक ५ लाख दिने गरेको बुझिएको छ ा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक नरेन्द्र कुवँर सँगै क्र्वाटरमा बस्दै आएका सई लुईटेलले दशैमा रक्सी, खसी , बोका खरीद गर्नुे पर्ने भन्दै ब्यापारी सँग रकम असुल्ने गरेको सई लुईटेलका निकटम प्रहरीले बताए ा जागीरबाट अवकाश जानका लागी केही वर्ष जागीर रहेका सई साहेबले प्रहरी संगठनलाई बदनाम पारेको ति प्रहरीले नाम नछाप्ने शर्तमा भने ा यस सम्बन्धमा बाराका प्रहरी उपरिक्षक कुवँर सँग बुझन खोज्दा वहाँले फोन रिसिभ गर्नु भएन् ा