पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा ओसारपसार भइरहेको सालको काठ पिकअप गाडीसहित बरामद गरेको छ। प्रहरीले काठ ओसारपसारमा संलग्न रहेको आरोपमा साकेत राज चौधरीलाई पक्राउ गरेको जनाएको छ।
इलाका प्रहरी कार्यालयबाट प्रहरी मनबहादुर खत्रीको नेतृत्वमा खटिएको टोलीले राष्ट्रिय वनबाट अवैध रूपमा ल्याउँदै गरेको सालको काठ फर्निचर उद्योगतर्फ लैजाने क्रममा बरामद गरेको हो।
प्रहरीले सालको भुलिया काठसहित ना। ५४ नम्बरको पिकअप गाडी नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ परेका चौधरीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।