बीरगंज भन्सारमा खटिएको सशस्त्र प्रहरी १४ नम्बर गुल्मका सशस्त्र प्रहरीले चेकजांच गर्न क्रममा अबैध तरीकाले हार्डवेयर , किराना समानहरु ई रिक्शामा लोड गरी भन्सार छली भारतबाट नेपाल तर्फ लगीरहेको अवस्थामा नियन्त्रणमा लिएको छा बीरगंज महानगरपालिका वडा नं ईनर्वा स्थित रहेको रजत जयन्ती चौक नजिकै चेकजांच गर्दा ना १ ह २८६ नम्बरको अटो ई रिक्शामा लुकाई छिपाई लगीरहेको बखतमा डिउटीमा खटेका सशस्त्र प्रहरीले तस्करीको समान नियन्त्रणमा लिएको छा नियन्त्रणमा लिएको ई रिक्शा र तस्करी समान थप कारवाहीका लागी बीरगंज भन्सारमा पठाएको बीरगंज भन्सारका डिएसपी अमर खत्रीले बताउनु भएको छा बरामत समान २ लाख , ९९ हजार र ३ सय ९९ रुपैयाको रहेको सशस्त्र प्रहरीले जनाएको होा