जिल्ला प्रहरी कार्यलय पर्साबाट खटिएको प्रहरीटोलीले भारीतय नक्कली नोट सहित एक जनालाई प्रकाउ गरेको छा बीरगंज महानगरपालिका वडा नं १६ बस्ने नगवा निवासी २९ वर्षीय रियाज देवानको साथबाट नक्कली भारतीय रुपैया २ हजारको ३ थान पर्सा प्रहरीले बरामत गरेको होा नक्कली नोटको कारोवार भईरहेको पर्सा प्रहरीलाई जानकारी आएपछि प्रहरीले बीरगंजको बसपार्क स्थित रहेको होटल साह प्याराडाईजमा चेकजांच गर्ने क्रममा रियाजको साथबाट प्रहरीले नक्कली भारतीय रुपैया बरामत गरीएको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिनुभएको होा प्रकाउ परेका रियाजलाई थप अनुसन्धान थालिएको छा