माघ २ गते देखी संचालन हुने छोरी शिक्षा बिमा सप्ताह ब्यापी शिवीर सफल पार्न बिहीवार अन्तरक्रिया कार्यक्रम सपन्न भएको छा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दे प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले यस प्रदेशको स्थानीय तहमा माघ २ गते देखी शिवीर संचालन गरीने बताउनु भएको होा प्रदेशको गा्रमिण एरियामा बसोबास गर्न र गरीब , बिपीन्न वर्ग, असहाय परिवारहरुको घर घरमा पुगेर छोरी शिक्षाका लागी बिमा खाता खोलीने बताउंदै समाजका अगुवा र पहुंच भएका ब्यतिmहरुले शहरमा खाता खोलीने भएपनि गाउंका दलीत , बिपीन्न परिवारले सो सुबिधा आफनै घर घरमा बसेर लिन सक्ने मुख्यमन्त्री गद्दीको दाबी रहेको छा गत वर्ष माघ १ गते देखी प्रदेश नं २ मा जन्मिएक छोरीहरुको शिक्षाका लागी बिम ागर्न प्रदेश सरकार घोष्णा गरेपनि कर्मचारी अभावका कारणले सोचेको अनुसार बिमा हुन नसकेको मुख्यमन्त्री गद्दीले स्वीकार गर्नुभएको होा अब प्रत्येक स्थानीय तहमा शिवीर संचालन गरी छोरीको घर दैलोमा पुगी बिमा गराएर अन्य सुबिधा प्रदान गर्नेका लागी साता ब्यापी शिवीरको आयोजना गरिएको मुख्य मन्त्री लालबाबु राउतको भनाई रहेको होा अन्तरक्रिया कार्यक्रममा प्रदेश सभाका सदस्य करिमा बेगम,प्रल्हाद गिरी,बीरगंज महानगरपालिका मेयर बिजय सरावगी , पर्साका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौर लगायतका स्थानिय नेताहरुको उपस्थिती रहेको थियोा