कम्प्युटर एसोसिएसन नेपाल महासंघ ९क्यान० पर्साको आयोजना तथा क्यान महासंघ प्रदेश २ को संयोजकत्वमा प्रदेश स्तरिय सुचना, प्रबिधि र सञ्चारको ब्यापकतालाई समेट्ने गरी वीरगंजमा ५ दिने सूचना प्रविधि प्रर्दशनी क्यान इन्फोटेक बीरगंज महानगरपालिका आर्दशनगर स्थित रहेको टाउन हलमा २०२० आयोजना हुन गइरहेको छ ।नेपालमा सूचना तथा सञ्चार प्रविधि ९आईसीटी० बारे चेतना बढाउन, उद्योग तथा उद्यमीहरुको आवश्यकता थाहा पाउन र त्यसका लागि चाहिने सहयोग दिलाउन क्यान इन्फोटेक २०२० को आयोजना गरिन लागेको क्यान पर्साका अध्यक्ष दिपक साहले बताए ।
अपरेटिङ सिष्टम सफ्टवेयर, नेटवर्किङ सोल्यशन, मोबाइल फोन तथा सोलुशन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटि सोल्युशन, सोलार पावर सिष्टम, इन्भर्टर, युपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिण्टर, पावर सिष्टम, कम्प्युटर एक्सेसरिज, एण्टिभाइरस सफ्टवेयर, बैंकिङ सोल्युशन, सीसीटीभी र हार्ड डिस्क जस्ता उत्पादनहरु प्रदर्शनीमा राखिने छ , क्यान महासंघ प्रदेश २ का अध्यक्ष आलोककुमार चौरसियाको प्रमुख आतिथ्यमा सपन्न भएको कार्यक्रममा क्यान महासंघका केन्द्रिय सचिव भुपाल दास श्रेष्ठ, क्यान बाराका जिल्ला अध्यक्ष गणेश ठाकुर, क्यान पर्साका जिल्ला उपाध्यक्ष प्रशान्त कुमार, लगायतको उपस्थिती रहेको थियोा कार्यक्रमको सहजीकरण आशु कुमार सर्राफले गरेका थिए ।