बीरगंज भन्सार गस्ती टोलीमा खटिएको सशस्त्र प्रहरीले अबैध तरिकाले भुटानी नागरिक नेपाल प्रवेश गरीरहेको अवस्थामा ४ जना भुटानी नागरिकलाई नियन्त्रणमा लिएको राजस्व गस्ती १४ नम्बर गुल्मका डिएसपी अमर बहादुर खत्रीले जानकारी दिनुभएको होा भारतको बोधगयाबाट काठमांडौ तर्फ जांदै गरेको बा ५ ख २३८८ नम्बरको नेपाल भारत मैत्री सेवा बसलाई राती ११ बजे बीरगंज महानगरपालिका रजत जयन्ती चौकमा डिउटीमा खटेका सशस्त्र प्रहरीले शंका आधारमा चेकजांच गर्दा पासपोर्ट बिना नेपाल प्रवेश गर्दा ४ भुटानीलाई प्रकाउ गरेका हु्न् ा सो बसमा ४० जना यात्रुहरुको सवार रहेको र भुटानी नागरिक संग आईडी कार्ड मात्र रहेको थियोा प्रकाउ पर्नेमा ५६ वर्षीय डोल्मा तमांग , ४३ वर्षीय चोदन तमांग, चुन्दु लिम्बु, ज्ञान बहादुर तमांग र ४० वर्षीय कुनचोक त्समो रहेका छना् उनीहरुलाई थप कारवाहीको लागी अध्यागमन कार्यलय पर्सामा बुझाएको शसस्त्र प्रह्रीले जनाएको छा