१९ वर्ष पार गरी २० वर्षमा प्रवेश गरेको मध्यतराईको रेडियो बीरगंज ९९ मेगाहर्जले वार्षिकोत्सवको अवसरमा आर्दशनगर नजिकै बृहत खुल्ला सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ ा सांस्कृतिक कार्यक्रममा नेपालको ख्याती कलाकारहरुले प्रस्तुती दिएका छन् ा कार्यक्रममा नृत्य , गीत , संगीत हास्य कलाकारहरुले दर्शकहरुलाई मनोरञ्जन गराएका थिए ा उतm कार्यक्रममा युवा र यु्रब साहको अध्यक्षतामा सम्पन्न भएको सांस्कृति कार्यक्रमको उद्घाटन गर्दै पर्सा क्षेत्र नम्बर एकका प्रतिनिधी सभा सदस्य प्रदिप यादबले मधेश आंदोलनमा रेडियो बीरगंजले अहम भुमिका खेलेको बताउनु भयो ा सञ्चारकर्मीहरुले सत्य तथ्य समाचार सम्प्रेष्ण गर्नका लागी सांसद यादबले आग्रह गर्नु भयो , देशको चौथो अंगको रुपमा रहेका पत्रकारले राज्यलाई खबरदारी गरी जनताहरुको आवाज बुलन्द पारीरहेका पत्रकारहरुलाई आभार ब्यतm गर्नु भएको छ ा कार्यक्रममा बिशिक्ष्ट अतिथी रहेका मधेश आंदोलनका जिउँदो शहिद मुन्सी पटेललाई सम्मान समेत गरिएको थियो ा कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल, पर्साका प्रहरी उपरिक्षक रमेश कुमार बस्नेत, सेनाका जणैल मनोज कार्की , लोसपाका नेता राजेशमान सिंह , ओम प्रकाश सरार्फ, ईश्वर यादब, निजामुद्दीन समानी, लगायत बिभिन्न संघ संस्थाबाट आवद्ध रहेका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ा नेपालको ख्याती कलाकार हेमन्त शर्मा, प्रकाश सपुत, कमल खत्री, एलिना चौहान, अञ्जली अधिकारी, मेलिना मैनाली, सञ्जु अमात्य, सुनील पण्डित, हांस्य कलाकार सुबोध गौतमले प्रस्तुती दिएका हुन् ा