तारक मेहता का उल्टा चश्मामा सोधीको भूमिका खेलेर देशभर चर्चामा आएका अभिनेता गुरचरण सिंह अस्पताल भर्ना भएका छन् । अभिनेता आफैले एक भिडियो शेयर गरेर यो जानकारी दिएका छन्। आफ्नो अवस्था निकै नाजुक रहेको उनले बताए ।
गुरुचरण सिंहले हालै आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टबाट एउटा भिडियो सेयर गरेका छन् । भिडियोमा अस्पताल देखाउँदै उनले अवस्था निकै नाजुक भएको बताए । अचानक बेपत्ता भएर २६ दिनपछि घर फर्किए
यसअघि गुरुचरण सिंह बेपत्ताको खबर आएपछि चर्चामा आएका थिए । २२ अप्रिल २०२४ मा उनी आफ्नो दिल्ली घरबाट मुम्बईको लागि प्रस्थान गरेका थिए। उनका साथी उनलाई मुम्बई एयरपोर्टमा लिन आएका थिए तर उनी त्यहाँ पुगेका थिएनन् । उनको नम्बर पनि स्वीच अफ थियो तर उनको कुनै खबर आएको थिएन ।
गुरुचरणका बुबा हरगित सिंहले उनको हराएको उजुरी दिएका थिए। दिल्ली प्रहरीले अपहरणको मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको थियो।
करिब ३ हप्तापछि गुरुचरण स्वयम् घर फर्किए ।