ग्रास रुट फाउण्डेसनले आयोजना गरेको अन्तर विद्यालय फुटबल प्रतियोगितामा बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १२ स्थित श्री नेरामाबीफत्तेपुरले विजयी भएको छ ा सिमरा रंगशालामा आज भएको उद्घाटन खेलमा जीतपरसिमरा २ को सेन्ट जोन्स एकेडेमीलाई २–० ले हराएको हो ।
फत्तेपुरको जीतमाआदेश चौधरी र अनिशचौधरीले १–१ गोल गरे । ७० मिनेट निर्धारण गरिएको खेलको पहिलो हाफगोल रहित बराबरीमा सकिएको थियो ।
५४औँ मिनेटमा फत्तेपुरकाआदेश चौधरीले टिमलाई अग्रता दिलाएका थिए । लगत्तै ६५ मिनेटमा अनिशचौधरीले गोल गर्दै टिमको अग्रता दोब्बर पारे । अनिशको गोल नै फत्तेपुरको जितकालागि निर्णयक बन्यो । खेलमाउत्कृष्ट प्रदर्शन गर्दै फत्तेपुरकाआशिक रायम्यानअफ द म्याच घोषित भए ।
प्रतियोगिता अन्तर्गत शुक्रबार २ खेल हुनेछन् ।