ग्रासरुट फाउण्डेशनको आयोजनामा सिमरामा जारी रहेको फुटबल प्रतियोगितामा एक्स सभिर्सम्यान चिल्ड्रेन एकेडेमी र लोटस एकेडेमीले विजयी भएका छन् ा सिमरा रंगशालामा बिहिबारदेखी जारी प्रतियोगिता खेलमा डुमरवानास्थित एक्स सर्भिसले नेपाल राष्ट्रिय माध्यमिक विद्यालय औराहालाई १-० गोलअन्तरले पराजित गरेको हो । एक्स सर्भिसको जितमा विशाल चौधरीले निणर्ायक गोल गरेका थिए ा गोल गरेका चौधरीलाई खेलको म्यान अफ दि म्याच घोषित गरिएको थियो ा
यसैगरी दोस्रो खेलमा लोटस एकेडेमीले सेन्ट अल्फोन्सास स्कुललाई २-० ले पराजित भएको हो ा लोटसको जितमा आकाश मोक्तान र दिलकुमार विकले समान एक/एक गोल गरेका हुन् ा आकाशले खेलको १४औं र दिलकुमारले २९ औं मिनेटमा गोल गरेका हुन् । खेलको म्यान अफ दि म्याच विवेक बुढाथोकी घोषित भए ।
प्रतियोगिता अन्तर्गत शनिवार पनि दुई खेल हुने आयोजक ग्रास रुट फाउण्डेशनका अध्यक्ष दुर्गा बहादुर थापाले बताए ।