सन् १८९७ मा स्थापना भएको बीरगंज शहरको भिन्दै ईतिहास रहेको छा करिब दुईसय वर्ष अगाडी बीरगंजलाई गहवामाईको नामले चिनिने गरिन्थियोा राणाप्रधानमन्त्री बिरशम्मेर राणाको नामबाट बीरगंजलाई नामांकरण गरिएको होा राणकाल देखी नै ईतिहास बोकेको बीरगंज शहर देशको आर्थिक नगरी भनेर पनि चिन्ने गरिन्छा देशमा परिवर्तन ल्याउनका लागी बीरगंजवासीहरुले ठुलो योगदान गरेका छन राणशासन काल देखी निरकुश शासनको अन्त्य सम्म बीरगंजवासीको अहम भुमिका रहेको छ देशमा परिवर्तन ल्याउनको लागी , बीरगंज एकदम अस्त ब्यस्त शहर होा यहां मानिसहरु आफनो रोजगार , ब्यापार , ब्यवसायी गरी जीवनयापन गर्छन लगभग ६२ प्रतिशत बीरगंज भन्सारबाट मात्र राजस्व असुली हुने गर्छा आफैमा सक्षम रहेको बीरगंज शहरलाई अहिले केही गिद्धहरुको नजर लागेको छा मधेश आंदोलनको केन्द्र बिन्दु भएको बीरगंज ६ महिना सम्म पुर्ण रुपले ठप्प रहयोा ६ महिनाको बन्दीले गर्दा ब्यापार ,ब्यवसायमा नराम्रो प्रभावित भएको थियोा सरकार पक्ष र मधेश आंदोलनका नेतृत्व गर्दै आईरहेका मधेशी नेताहरु संग छलफल भएपछि मधेश आंदोलन फिर्ता भएको थियोा त्यस ६ महिनाको बन्दीले गर्दा यहाको ब्यापार , ब्यवसाय धरासायी भईसकेको थियोा त्यसबेलाको बन्दीले गर्दा बीरगंजको ब्यापार दुईवर्ष पछाडी धकिलीसकेको थियोा ६ महिनाको बन्दीमा बीरगंजका ब्यापारी, उधोगी र बीरगंजवासीहरुको कसरी जीवनयापन चलेको होला अनुमान गर्न सकिन्छ, राज्यले एकपटक पनि बीरगंजवासीहरुको घाउमा मलम लगाउन सकेन त्यो आंदोलनमा कतिपय मानिस एक छाक खाएर राती भौकै पेट बसेर गुजारा गरेका थिएा मधेश आंदोलनको मर्का भुलाउंदै ब्यापार गरी बीरगंजवासीहरुले आफनो पुरानो जीवनशैलीमा फर्किसकेका थिएा पुन बीरगंजवासीहरु मधेश आंदोलन भन्दा बढी नरा्रमो संग प्रभावित भए, कोभिड १९ कोरोना भाईरसको संक्रमण फैलिएपछि नेपाल सरकारले कोरोना रोकथाम र नियन्त्रण गर्नका लागी देश भरी चैत्र ११ गते लक डाउनको घोषणा गरेको थियोा लक डाउनले गर्दा देशको अर्थतन्त्र नै धराप भईसेकेको छा नेपाल सरकारले ९१ दिन पछि सुरक्षा सर्तकता अपनाउंदै लक डाउन खुकुलो बनाएको थियोा सरकारले लक डाउन खुकुलो बनाएपछि नेपालीहरु पुरानो शैलीमा आफनो जीवनमा र्फेकिने प्रयास गरेका थिएा तर बीरगंजवासीहरु कोरोनाको चपेटामा परिसकेका थिएा साउन ७ गते बीरगंज महानगरपािलका माईस्थान निवासी ७० वर्षीय बृद्धलाई कोरोनाको संक्रमण भएको पुष्टि भएको थियो उनको एडभान्स अस्पतालमा साउन ९ गते निधन भएको होा कोरोनाले गर्दा बीरगंजमा पहिलो पटक ब्यतिmको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यलय पर्साले साउन ११ गते देखी अनिश्चितकालीन बीरगंजमा निषेधाज्ञा जारी गर्याे, स्थानिय प्रहरी प्रशासनले कोरोना रोकथाम र नियन्त्रण गर्नका लागी निषेधाज्ञा जारी गरेको थियोा ३३ दिनको निषेधाज्ञाले गर्दा बीरगंजवासीहरुको लागी जनजीवन अत्यन्त कष्टकर भईसकेको थियोा कोही उपचार नपाएर ज्यान गुमाएका थिए भने, कोहीको औषधी नपाएर अकालमा मृत्यु भएका छन भने, कोही खाना नपाएर ज्यान गुमाएका छन अकालमा मृत्यु भएका ब्यतिmहरुको दोषी को कोरोना भाईरस कि ,तपाई र हामी कि स्थानिय प्रहरी प्रशासन, अहिले बीरगंजवासीहरुले सोधीरहेका छन देश वा शहरमा शंकटको घडी आएपछि नागरिकको सुरक्षा गर्ने सरकारको दायित्व होा तर यस्तो आपतको घडीमा पनि सरकारले एकचोटी पनि बीरगंजवासीहरुको घाउमा मलम नलगाई बरु घाउमा झन पिडा थप्ने कार्य भएको होा स्थानिय प्रहरी प्रशासनले लगाएको ३३ दिनको निषेधाज्ञाले गर्दा बीरगंजका वान्दिाहरु कोरोना भाईरस भन्दा भोकले नै मर्ने अवस्था आईसेकेको थिएा ३३ दिन सम्म बीरगंजका जनताहरु कसरी बसे, के खाए ? उपचार पाए कि पाएनन् , बीरगंजवासीहरुको आपतको घडीमा केन्द्रका नेता तथा प्रदेशका मन्त्रीहरुको साथ पनि पाएनन ३३ दिनको निषेधाज्ञामा बीरगंजवासीहरुले उपचार नपाएर अस्पतालको बाटोमा नै ज्यान गुमाएका छन कोही खाना नपाएर ज्यान गुमाएका छन बीरगंजको स्थिती भयावक भएको होईन, केही ब्यतिmहरुले आफनो स्वार्थको लागी बीरगंजको भयावक स्थिती सिर्जना गरेका हुन कोरोनाबाट बचौ अरु अरुलाई पनि बचाउँ, नेपाल सरकारको नियमको पालना गरौ, कोरोनालाई हराउँ दैनिक जीवनयापनको काम पनि गरौ, सुरक्षा सर्तकता अपनाउँ
बीरगंजमा कोरोना भाईरस कसरी फैलीयो त ?
नेपाल सरकारले कोरोना भाईरस नियन्त्रण गर्नका लागी देशभर लकडाउनको धोषणा गरेको थियोा लक डाउनमा नेपाल र भारतको दुबै सिमानाका बन्द थियोा नेपालमा त्यसबेला न्युन मात्रामा मात्र कोरोना भाईरसको चपेटमा नेपालीहरु परेका थिएा छिमेकी मुलुक भारत र नेपाल संग जोडीएको नाकाबाट भारतीय कामदारहरु चोर बाटो अपनाएर नेपाल सहज तरिकाले प्रवेश गरेका थिएा तत्कालिन पर्साका प्रमुख जिल्ला अधिकारी लगायत प्रशासनलाई पत्रकार , बिभिन्न राजनैतिज्ञ दल , स्थानिय वासिन्दा र सम्पुर्ण बीरगंजवासीहरुले सिमामा खटेका प्रहरी प्रशासनको फितलो सुरक्षाले गर्दा भारतीय नागरिकहरु नेपाल प्रवेश गरीरहेको अवगत गराउंदा पनि कुनै सुनवाई नभएपछि यस्तो अवस्था सिर्जना भएको होा स्थानिय प्रशासनको लापरवाहीले गर्दा बीरगंजमा कोरोना भाईरसको ग्राफ बढेको बिज्ञहरुको भनाई रहेको छा भारतीय कामदारहरु चोरबाटो भएर बीरगंज प्रवेश गर्दा बीरगंजमा कोरोना भाईरस बढेको होा
बीरगंजमा भाईरस फैलिनुमा स्थानियतह र प्रशासनको कमी कमजोरी
बीरगंजमा कोरोना भाईरस संक्रमण फैलिएको अवस्थामा ब्यापक रुपमा परीक्षण दायरा बढाउनु पर्ने भएपनि परीक्षण दायरा नबढेको , कोरोना भाईरस संक्रमित भएका ब्यतिmहरको घर र एरिया सिल नगरेको हुनाले संक्रमित ब्यतिmहरुबाट भाईरस फैलिएको बीरगंजवासीहरुले बताएका छन भाईरस रोकथाम , नियन्त्रण र परीक्षण दायरा बढाउनुको सटामा केही ब्यतिmहरुले कोरोना जस्तो महामारीमा डर्टी राजनैतिज्ञ खेलेका छन काम गर्ने ब्यतिmलाई काम गर्न नदिएपछि बीरगंजमा कोरोना भाईरस फैलिएको होा
बीरगंजवासीहरुलाई किन यस्तो ब्यवहार त ?
बीरगंज आर्थिक नगरी भएपनि राज्यले यस नगरलाई जहिले पनि भेदभाव गरेको स्पष्ट देखएिको छा सबैभन्दा बढी राजस्व संकलग्न हुने बीरगंज शहर भएपनि राज्यले अहिले सम्म भेदभाव गरेको छा ३३ दिनको निषेधाज्ञामा केन्द्र सरकारले एकपटक पनि बीरगंजवासीहरुको लागी हात बढाउन अग्रसर देखीएनन निषेधाज्ञा अवधीभरी गरीब तथा असहाय ब्यतिmहरु भोकले छटपटउंदा राज्यले राहतको प्याकेजमा पनि ल्याउन सकेन बीरगंजका मानीसहरु भोकै पेट बस्ने बाध्य भएको स्थानिय संचारमाध्यमले समाचार सम्प्रेषण गरेपछि शाहिब दरबार संस्थान , ब्यापारी, र युवाहरु भोका ब्यतिmहरुलाई खानाको ब्यस्था मिलाएका थिएा यस्तो आपतको घडीमा जनताको ज्यान बचाउनका लागी बीरगंजवासीहरु एकजुट भएर अगाडी बढेका छन तर अहिले पनि राज्य मौन रहेको छा