नेकपा माओवादी केन्द्रले बीरगंज नगर अध्यक्षमा सब्बा अंसारीलाई चयन गरिएको छ ा यसैगरी भेलाले नगर सचिवमा नन्द किशोर पंजियारलाई चयन गरिएको अनेरास्वीयु क्रान्तिकारीका केन्द्रिय सदस्य शिवम साहले जानकारी दिनु भयो ा नेकपा माओवादी बीरगंज महानगरपालिका सम्मेलनको एक कार्यक्रम बीच पार्टीका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहालले भर्चुगल मार्फत उद्घाटन गर्नु भएको थियो ा कार्यक्रममा प्रमुख अतिथि प्रदेश कमिटी सदस्य छोटेलाल यादव, प्रदेश सभा सदस्य पस्मीना कादरी, नेताहरु नन्दकिशोर पंजियार, प्रभु यादव, अक्षेलाल ठाकुर, डाक्टर नुरुल होदा, बिजय पटेल, रामबाबु बैठा लगायतले सम्बोधन गरेका थिए भने उपाध्यक्ष अक्षय पटेल,बिजय पटेल, रुपा पान्डे, सचीव नन्दकिशोर पन्जियार, सह सचीव मनोज यादव लगायत ९९ सदस्यीय कमिटी गठन सर्वसहमतिले निर्णय समेत गरेको छ ।
वीरगञ्जको मुर्लीमा रहेको वीरगञ्ज सिटी प्यालेसमा भएको कार्यक्रममा नेता कार्यकर्ताको उल्लेखनीय सहभागीता रहेको थियो ा