पर्सा क्षेत्र १ का प्रतिनिधी सभा सदस्य प्रदीप यादवले बीरगंज महानगरपालिका वडा नम्बर १६ ईनर्वा स्थित रहेको नवनिर्मित धर्मशाला उद्घाटन गर्नु भएको छ ा सांसद यादबले संसदीय कोषबाट २३ लाख रुपैयाको लागतमा उतm धर्मशाला उद्घाटन गर्नु भएको होा धर्मशाला उद्घाटन गर्ने सांसद यादवले ईनर्वाका वासिन्दाहरुलाई बिहे, ब्रतबन्ध जस्ता शुभकार्यका लागी होटल ,पार्टी प्यालेशमा महंगो शुल्क तिर्नु नपर्ने बताउनु भयो ा गरीब जनताहरुलाई नवनिर्मित धर्मशाला प्रभावकारी रहेको कुरामा जोड दिनु भयो ा धर्मशाला उद्घाटन कार्यक्रममा वीरगन्ज महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष श्यामबाबु चौरसिया , जनता समाजवादी पार्टी नेपालका जिल्ला सदस्य लालदेव यादव, नगर अध्यक्ष ईश्वरचन्द्र यादव , ईकाइ अध्यक्ष अरुण यादव, ईकाइ उपाध्यक्ष शेखÞ अब्दुल ,स्थानीय नेता मदन यादव , अशोक साह , अनिल पटेल , विजय साह , फरिद आलम , संसदीय प्रतिनिधि घनश्याम गुप्ता लगायतको उपस्थिति रहेको थियो