निर्वाेचन आयोगको निर्दैशन बमोजिम जिल्ला निर्वाेचन आयोग पर्सार्ले सुचना जारी गर्दे मंसिर १७ गते देखी १८ गतेसम्म मतदाता नामावाली दर्ता गराउन पर्सावासीहरु संग आग्रह गरेको छ ा पर्सा जिल्लाको १४ स्थानिय तहमा तीन चरणमा मतदात नामावली दर्ता गरिने र बीरगंज महानगरपालिका भित्र मंसीर १७ गते देखी १८ गते सम्म मतदाता नामावली गरिने जिल्ला निर्वाेचन अधिकारी रञ्जिता झाद्धारा हस्ताक्षरित सुचनामा उल्लेख गरिएको छ ा जिराभवनी गाउँपालिका, जगरनाथपुर गाउँपालिका, सखुवाप्रसौनी गाउँपालिका, कालिकामाई गाउँपालिका, पकाहमैनपुर गाउँपालिका, बहुदरमाई नगरपालिका र पोखरिया नगरपालिकामा मंसिर १७ गतेदेखि पुष २ गतेसम्म सम्बन्धीत स्थानीय तहको कार्यालयमै मतदाता नामावली दर्ता गरिने निर्वाचन अधिकारी झाले बताईन् । झाकाअनुसार पुष ४ गतेदेखि पुष १८ गतेसम्म ठोरी गाउँपालिका, धोबीनी गाउँपालिका, पर्सागढी नगरपालिका, छिपहरमाई गाउँपालिका, बिन्दवासिनी गाउँपालिका र पटेर्वासुगौली गाउँपालिकामा मतदाता नामावली दर्ता हुनेछ ।मतदाता नामावली दर्ता गराउनका लागि नेपाली नागरिकताको सक्कल प्रमाण पत्र अनिवार्य ल्याउनुपर्नेछ । यस्तै नागरिकतामा उल्लेखित ठेगानाभन्दा अन्यत्र ठेगानामा दर्ता गराउँदा नेपाली नागरिकताको सक्कल प्रमाण पत्र र बसाईसराईको सक्कल प्रमाण पत्र ल्याउनुपर्नेछ