नेकपा माओवादीका केन्द्रिय सल्लाहकार तथा पर्सा जिल्लाको जगरनाथपुर गाउंपालिका अध्यक्ष जालिम मुखिया नेपाल कम्युनिष्ट पार्टी एमालेमा प्रवेश गर्ने भएका छन् ा माओवादी पार्टीका अध्यक्ष पुष्पकमल दाहालले जालिमा संग बोली र ब्यवहारमा परिवर्तन गर्न थालेपछि एमालेमा प्रवेश गर्ने लागेको माओवादी पार्टी पर्साका एक नेताले भने, जगरनाथपुर गाउंपालिकामा गत महिना एउटा घटना भएको थियो ा प्रहरीलाई जानकारी नगराई एक युवतीको शव गाड्न लागी रहेको अवस्थामा प्रहरीले मृत्कको शव आफनो नियन्त्रणमा लिई पोष्टमार्डमगर्नका लागी काठमांडौ पठाएको थियो ा जालिमका कान्छा छोरा जाफिरको साली पर्ने युवतीको हत्या भएको भन्दै प्रहरीलाई सुचना आएको थियो ा जालिमका आफन्तहरुले प्रहरीमा कुनै जानकारी नगराई शवलाई ब्यवस्थापन गर्ने खोज्दा बीरगंजको मुर्ली नयाका टोला स्थित रहेको कब्रिस्तानबाट शव प्रहरीले नियन्त्रणमा लिएको थियो ा प्रहरीलाई गुमनाम गरी शव ब्यवस्थापन गरेको आरोपमा पर्सा प्रहरीले जालिमका कान्छा छोरा जाफिर र एक जनालाई प्रकाउ गरी मुद्धा दर्ता गरेपछि जगरनाथपुर गाउँपालिका अध्यक्ष मुखिया पर्साका प्रहरी प्रमुख पाण्डे संग रुष्ट भएका थिए ा जालिमले पटक पटक माओवादीका अध्यक्ष प्रचण्ड र केन्दका नेताहरु संग प्रहरीले मेरा आफन्त र निर्दोष ब्यतिmलाई प्रहरीले षड्यन्त्र पुर्वक फसाएको प्रचण्डलाई अवगत गराएपनि माओवादी पार्टीका नेताहरुबाट कुनै प्रतिक्रिया नआएपछि जालिमले माओवादी पार्टी छाड्न मानिष्कता बनाएका े हुन् ा एमालेमा प्रवेश गर्ने लागेका जालिमले नेपाल कम्युनिष्ट पार्टीका एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा पर्साको जगरनाथपुर गाउँपालिकामा बृहत पार्टी प्रवेश कार्यक्रम हुने नेकपा एमाले पर्साका एक क्रियाशिल सदस्यले बताए ा आउने पुष ८ गते पार्टीका अध्यक्ष केपी ओली संग फुलमाला अबिर लगाएर जालिमले पार्टी प्रवेश गर्न लागेका छन् ा स्वार्थ पुरा नभएपछि पार्टी परिवर्तन गर्ने जालिमको बानी रहेको पर्साका एक माओवादी पार्टीका नेताको आरोप रहेको छ ा