पुर्वमन्त्री एंवम नेपाली कांग्रेश नेता सुरेन्द्र चौधरीले नेपाली कांग्रेशको १४ अधिवेशन अन्तर्गत केन्द्रिय सह महामन्त्री पदमा मनोयन दर्ता गरेको २४ घण्टा बित्न नपाउंदा आफनो उम्मेदवारी फिर्ता लिनु भएको छ ा चौधरीले थारु कोटातर्फ शनिबार कांग्रेशको केन्द्रिय सह महामन्त्री पदमा मनोनयन दर्ता गराएका थिए ा मनोनयन फिर्ता लएका चौधरीले १४ अधिवेशनमा सभापति पदका लागी आफुले शेरबहादुर देउवालाई सहयोग गर्ने बताउनु भएको छ ा सो अधिवेशनमा सह महामन्त्रीका लागी एक जना पद भएपनि चारजनाले उम्मेदवारी दिएका छन् ा यसैगरी नेपाली कांग्रेशको १४ अधिवेशनमा केन्द्रिय सदस्य पदमा रमेश रिजाल निर्वोरोध निर्वोचित हुनुभएको छ ा नेता रिजालले प्रदेश नम्बर २ बाट खुल्ला उम्मेदवारी दिएका थिए ा सो पदमा दुईजना खुल्ला पुरुष केन्द्रिय सदस्यका लागी ३ जनाले मनोनयन दर्ता गरएका थिए भने केन्द्रिय सदस्यका लागी रमेश रिजाल, आन्नद ढुगाना र जंगीलाल रायले उम्मेदवारी दर्ता गराएका थियो ा मनोनयन दर्ता गराएका जंगीलाल रायले आफनो मनोनयन फिर्ता लिएपछि केन्द्रिय सदस्य पदमा रिजाल र ढुगांना निर्वोरोध निर्वोचित हुनु भएको महाधिवेश प्रतिनिध नबिन सिंहले बताउनु भएको छ ा त्यसैगरी १४ अधिवेशनका लागी नेपाली कांग्रेशका नेता अजय चौरसिया सहमहान्त्री पदमा मनोनयन दर्ता गराउने भनेपनि केही कारणवश नेता चौरसियाले मधेशी कोटाबाट केन्द्रिय सदस्य पदमा उम्मेदवारी मनोनयन गर्नु भएको छ ा