१६ वर्षिय नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पर्सा प्रहरीले एकजनालाई प्रकाउ गरेको छ ा नाबालिकालाई ललाई फकाई बिवाह गर्ने बिभिन्न प्रकारको प्रलोभन दिई बीरगंज महानगरपालिका वडा नम्बर ११ श्रीपुर स्थित आफनै कोठामा पटक पटक भारत जम्मु कश्मीर चठा भोर क्याम्प वार्ड नम्बर २ तसलि गाडीगाठ बस्ने २९ वर्षिय सतवन्त सिंहले बलात्कार गरेका हुन् ा १६ वर्षिय नाबालिकाले सिंहले जबरजस्ती करणी गरेको आफनो अभिभावकलाई अवगत गराएपछि अभिभावकले जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दर्खास्त दिएपछि प्रहरीले सोही जाहेरीको आधारमा सतवन्त सिंहलाई बीरगंज महानगरपालिका वडा नम्बर ११ श्रीपुबाट प्रकाउ गरिएको पर्साका डिएसपी एवम् प्रवतmा ओमप्रकाश खनालले बताउनु भयो ा जबरजस्ती करणी गरेको आरोपमा प्रकाउ परेका सिंहलाई पर्सा जिल्ला अदालतबाट पांच दिनको म्याद थप गरी अनुसन्धान थालिएको डिएसपी खनालले बताउनु भएको छ ा सतवन्त सिंह भारतिय नागरिक भएपनि हाल बीरगंजमा डेरा लिई बस्दै आएका थिए ा