जनता समाजवादी पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेकी पर्साको सखुवाप्रसौनी गाउँपालिकाकी उपाध्यक्ष फुलमती देबी चौधरी आफु जसपामा रहेको बताउनु भएकी छिन् ा बिभिन्न संचारमाध्यमले सखुवापसौनी गाउँपालिका उपाध्यक्ष चौधरी नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेको समाचार सम्प्रेष्ण गरेपछि एक प्रेस बिज्ञप्ती जारी गर्दे उपाध्यक्ष चौधरी जसपामा नै रहेको स्पष्टोक्ति दिनु भएको छ ा प्रेस बिज्ञप्ती जारी गर्दे सखुवापसौनी गाउँपालिकाको बिकाशका लागी बिभिन्न नेता संग भेटने क्रममा नेकपाका अध्यक्ष केपी ओली शर्मा संग भेट भएको बिषय लिएर संञ्चारमाध्यमले चौधरी जसपा पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेको समाचार प्रति मेरो गम्भीर ध्यानआकर्षण भएको जनाउंदै आफु जसपामा नै रहेको बताउनु भयो ा वहांले म कुनै पार्टीमा प्रवेश नगरेको र अहिले पनि म जनता समाजवार्दी पार्टी प्रति बफादार रहेको जारी गरेको प्रेस बिज्ञप्तीमा उल्लेख गरिएको छ ा यसैगरी जनता समाजवादी पार्टी परित्याग गरी नेकपा एमाले पार्टीमा प्रवेश गर्ने पर्सा जिल्ला सदस्य रामबाबु चौरसिया , धामु शर्मा, सखुवाप्रर्सोनी गाउंपालिका उपाध्यक्ष फुलमती देबी चौधरी, जगरनाथपुर गाउंपालिका वडा नम्बर ६ का वडा अध्यक्ष अयोध्या कुर्मी लगायत नेताहरुलाई नेकपा एमालेका अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री केपी ओलीले फुलमाला अबीर खादा ओढाएर पार्टी प्रवेश गरेको समाचार सम्प्रेष्ण भएको थियो ा