बाराको कलैया उपमहानगरपालिका वडा नम्वर २३ भतौडामा पार्टी प्रवेश कार्यक्रममा पुर्व प्रधानमन्त्री ओलीको आफनो कार्यकाल उखान टुक्कामा लागेर जनताको मत कदर नगरेको प्रदेश नम्बर २ का कानुन मन्त्री प्रमोद यादबले आरोप लगाए । केपी ओली नेतृत्वको सरकार बिकाश बिरोधी रहेको मन्त्री यादबले भने, पुर्व प्रधानमन्त्री रह्नु भएका केपी ओलीले बिकाशको कामको बाधक बन्दै जनतालाई ओल्झेलमा पारेको मन्त्री यादबको भनाई रहेको छ । हरेक नेपालीहरुका घरघरमा ग्यांसको पाईप जडान,, पानी जहाज नेपालमा छिटै संचालनमा आउने जस्ता झुठो बाचा दिई नेपाली जनतालाई अँध्यारोमा राखेको मन्त्री यादबले नेकपा एमालेका अध्यक्ष केपी ओली माथी आक्रोश पोखे, बिकाशको काममा स्वयंम आफै बाधक भएपछि बिकाश कसरी हुन्छ मन्त्री यादबले भन्नु भयो । भर्खर आफुले मन्त्रीको सपथ ग्रहण गरेकोले आफनो मन्त्रालयबाट हुने सहयोगको एजेन्डा लिएर आउनुस आफुले कार्यन्वयन गर्ने कानुन मन्त्री यादबको दाबी गर्नु भयो । तानाशाही शासनबाट मुक्त भएर देश र जनताको हकहितको लागि लडने भएकोले एकिकृत समाजवादीमा देशैभर पार्टी प्रवेश कार्यक्रममा लर्को लागेको उनले बताए । नागेन्द्र मिश्राको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि न्याय तथा कानुन मन्त्री प्रमोद यादव, पाटी पोलिट ब्युरो सदस्य दिनेश राई, प्रदेश २ का संसद तथा प्रमुख सचेतक सुन्दर विश्वकर्मा, पार्टीका केन्द्रिय सदस्य श्रीप्रसाद पासवान, बारा सहईन्चार्ज बतहु यादव, पार्टी उपाध्यक्ष उस्मान अंसारी, बिजेन्द्र चौधरी, सचिव विक्रम ठाकुर, जिल्ला सदस्य धु्रव यादव, लगायत सहभागिता रहेको थियो । बिभिन्न पार्टी पतियाग गरी एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् । यसैगरी सरोज पटेलको अध्यक्षतामा वडा नम्वर २३ भतौडामा वडा कमिटि गठन गरिएको छ । कमिटिको उपाध्यक्षमा विनोद पटेल, रन्जित कुशवाहा, सचिव नागिन्द्र मिश्रा, माला देवि, राधेश्याम पटेल लगायतका रहेका छन्