संघीयता आएको देशमा चारवर्ष भईसक्दा पनि प्रदेशको राजधानी र नाम टुंगो लागेको छैन् । दलहरुको आपसी खिचातानीले गर्दा प्रदेश नम्बर दुईमा अहिले सम्म राजधानी र नामकरण हुनमा कठिनाई भएको छ । राजधानी टुंगो नलागे सम्म राजधानीको संरचनामा कठिनाई हुने छ । बिकाशको काममा पनि फड्को मार्ने नसक्ने स्पष्ट देखिएको छ । राजनितिक दलका नेताहरुले आफनो स्वार्थका लागी राजधानी र प्रदेशको नाम टुंगो लगाउनका अनाकानी गरिरहेका छन् । प्रदेश सरकार संग अहिले दुई तिहाईभन्दा बढी सांसद छन् । बर्तमान सरकारले सहज तरिकाले प्रदेशको राजधानी र नाम टुंगो लगाउन सक्छ । प्रतिपक्ष दलले पनि राजधानी र नामको लागी टुंगो लगाउनमा कुनै प्रकारको अड्चन नगर्ला जस्तो लाग्छ , राजधानीको टुंगो नलागे सम्म प्रदेश नम्बर दुईमा बिकाश तिब्रगतीमा हुन सक्दैन् । बिकाशको मुख्य बाधक राजनितिक दलका नेताहरु नै रहेका छन् । बहुमतको सरकार हुदां पनि प्रदेश सरकार किन ढिलाई गरेको हो त ? मधेश आंदोलनले गर्दा प्रदेश नम्बर दुईमा मधेशी दलको नेतृत्वमा सरकार बन सफल भएको हो । मधेशी दलले राजधानी वा नाम टुगो लगाउंदा प्रदेश नम्बर दुईमा बसोबास गर्ने सम्पुणर् जाती , वर्ग , धर्महरुको समावेशी गरी नाम र राजधानी टुंगो लगाउनु पर्ने छ ।