पर्सा जिल्लामा यसवर्ष ७५ वटा मानव अधिकार उल्लघंनका घटनाहरु भएका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले आयोजना गरेको समिक्षा गोष्ठीमा सार्वजनिक गरिएको तथ्यांकले पर्सा जिल्लामा ७५ वटा मानव अधिकार उल्लघंन घटनाहरु बाहिर आएको ईन्सेक पर्साका प्रतिनिधी केसी लामिछानेले बताए । तथ्यांकमा १८ वर्षभन्दा कम उमेरका बलात्कार ३७ वटा घटनाहरु भएका छ भने १८ वर्ष भन्दा कम उमेरका ९ वटा र,१८ वर्ष माथीका ५ वटा बलात्कार , बालबालिका घटना ४ वटा, बहुबिवाह ४ वटा , हत्या ५ वटा , मानव बेचबिखन ३ वटा ,बोक्सीको आरोप २ वटा, कुटपिट २ वटा, अप्राकृतकि मैथुन , गर्भपतन, बालयौन दुराचार र बलात्कार प्रयासका चारवटा घटनाहरुको भएको पाईएको छ । गत वर्ष भन्दा यो वर्षमा मानव अधिकार उल्लघंनका घटनाहरु बढी भएको ईन्सेकका प्रतिनिधी केसी लामीछानेको दाबी रहेको हो । पहिलाको ईन्सेकले प्रकाशन गर्ने मानव अधिकार वर्ष पुस्तक २०२२ का लागी संकलन गरिएको मानव अधिकार उल्लघंनका घटनाको पृष्टि र पुनपुष्टिका लागी आयोजना गरिएको समीक्षा गोष्ठि कार्यकममा वतmाहरुले मानव अधिकार उल्लघंन भएको घटना रामा्रे पक्ष नभएको बताउंदै यसलाई न्युनीकरण गर्नका लागी साक्षा प्रयास आवश्यक रहेको कुरामा जोड दिएका छन् । मानव अधिकारका घटना उल्लघंन नहोस भन्दै प्रहरी निकै संवेदनबशील रहेको पर्साका प्रहरी उपरिक्षक रमेश कुमार बस्नेतले बताउनु भयो । मानव अधिकारको बारेमा जानकारी सबैलाई जानकारी हुनुपनृे वतmाहरुको बताएका छन् ा मानव अधिकार निगरानी समुह पर्साका अध्यक्ष तबरेज अहमदको अध्यक्ष्ाँतामा भएको कार्यक्रममा पर्साका प्रहरी उपिरक्षक रमेश बस्नेत, नारायाणी एफएमका कार्यकारी अध्यक्ष गोबिन्द देवकोटा, नेपाल पत्रकार महासंघ प्रदेश २ महासचिव श्याम बन्जारा, पर्साका अध्यक्ष अनुप तिवारी , मानव अधिकार संगठन पर्साका सचिव शिवनाथ यादब लगायतले आफना आपना धारण राखेका थिए ।