नेकपा एकीकृत समाजवादी पार्टी निकट समाजवादी प्रेस संगठन पर्साको सोमबार बसेको सम्पन्न भेलाले मनोज पटेलको अध्यक्षतामा २७ सदस्यीय जिल्ला कमिटी चयन गरिएको चयन छ । संगठनको उपाध्यक्षमा शम्भु सुमन, महिला उापध्यक्षमा प्रकृति अधिकारी, सचिवमा अजय चौरसिया, सह सचिवमा अमित अग्रवाल र बिनोद पटेल र कोषध्यक्षमा हरिशंकर शर्मा चयन भएका छन् भने सदस्यमा नरेश सरार्फ, दिपक चौरसिया, रंजति चौरसिया , श्याम पासवान, दिपेन्द्र गिरी , सन्तोष साह, शंकर पटेल, आरके जैसवाल, सरोज पटेल, सद्धाम हुसैन, आशमहमद अंसारी, सानु साह अनुप यादब लगायत रहेका छन् । बीरगंजको होटल मकालुको सभाहलमा सम्पन्न भएको भेलालाई नेकपा एकीकृत समाजवादी पार्टीका पोलीटब्युरो सदस्य एवम् प्रदेश नम्बर दुईका उपाध्यक्ष रामचन्द्र साह सम्बोध गर्दै नेकपा एमालेमा हैकमवाद , तानशाह र प्रतिगमनकारीहरुको हुकुमी शासन चल्ने थालेपछि बिदा्रेह गरी जन्मिएको नेकपा एकीकृत समाजवादी पार्टीलाई अगाडी बढाउने प्रेसको अहम भुमिका रहेको हुदां सशतm रुपले समाजवादी प्रेस संगठन पर्सा अगाडी बढ्ने बिश्वास आफुले लिएको बताउनु भयो । कार्यक्रममा नेकपा समाजवादी पार्टीको केन्द्रिय सदस्य चिरञ्जीबी आचार्य, केन्द्रिय सदस्य एवम् पर्सा जिल्ला अध्यक्ष बाल गोपाल थापा, समाजवादी प्रेस संगठनका केन्द्रिय सदस्य बृजलाल पासवान, जितला श्रेष्ठ, रमेश सुवेदी लगायतले शुभकामना मन्तब्यतm गर्नु भएको थियो । नेकपा एकीकृत समाजवादी पार्टी पर्साका प्रचार बिभाग प्रमुख एवम् समाजवादी प्रेस संगठनका केन्द्रिय सदस्य राधव साहको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।