बारा प्रहरीले सालको गोलीया बरामद गरेको छ । प्र्रहरी गस्ती गर्ने क्रममा सालको गोलीया चिर्दै गरेको अवस्थामा १० क्यु फिट गोलीया बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी एवम् प्रवतmा राजेश थापाले बताउनु भयो । जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १७ जैतापुरमा अस्थाई प्रहरी चौकी र बनगस्तीको संयुतm टोलीले गस्ती गर्ने क्रममा जैतापुर नजिकै रहेको बगैचामा सालको गोलीया चिर्दे गर्दा गतस्कीका प्रहरीलाई हेर्न बितीकै गोलीया छाडेर फरार भएको डिएसपी थापाले बताउनु भएको छ । प्रहरीले सोही स्थानबाछट एक थान साईकल , काठ चिर्नै मेशीन र आरा एक थान बरामद गरी जैतापुर बन पोष्टमा बुझाएको बारा प्रहरीले जनाएको हो । गोलीया चिर्ने ब्यतिmको खोजतलाश भईरहेको बाराका डिएसपी थापाले बताए । यसैगरी जैतापुरमा अबैध तरिकाले घरेलु मदीरा भटी संचालन गरेको भटीलाई प्रहरीले नष्ट गरेको छ । गाउंमा मदीरा भटी संचालन गरी बिक्री बितरण गरेको स्थानियहरुले प्रहरीलाई जानकारी गराएपछि जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १५ भवानीपुर अस्थाई प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले चारवाट भटी नष्ट गरेका छन् मदीरामा प्रयोग हुने ५५० लिटर कच्चा पदार्थ र ५० लिटर तयारी मदिरा बरामद गरी चारवाट भटी नष्ट गरिएको बारामा डिएसपी राजेश थापाले बताउनु भयो ।