अटो अनियन्त्रित हुदां चार जना सख्त घाईते भएका छन् । बारा जिल्लाको निजगढ नगरपालिका वडा नम्बर १० लाल सडक खण्ड नजिकै रहेको रतनपुरबाट निजगढ तर्फ जांदै गरेको ना १ ह ७५२२ नम्बरको अटो अनियन्त्रित भई पल्टिदां निजगढ नगरपालिका वडा नम्बर १० बस्ने ४४ वर्षिय अटो चालक निम बहादुर घिसीड , सोही स्थान बस्ने मोतीलाल घिसीड , शान्ता राउत र तारा राउत घाईते भएको जिल्ला पहरी कार्यालय बाराका डिएसपी राजेश थापाले बताउनु भयो । सवारी दुर्घटनामा परेर घाईते भएका चारजनालाई निजगढ मोहम्दी मेडिक्लमा उपचार भईरहेको छ भने अटो प्रहरीको नियन्त्रणमा रहेको डिएसपी थापाले बताउनु भयो । यसैगरी भारतीय नम्बरबको स्कुटरले साईकल यात्रुलाई ठक्कर दिएको छ । बाराको सिमा्रेनगढबाट पर्सा टोल जांदै गरेको दचद्दद्दबन् टज्ञडठ नम्बरको स्कुटरले बारा सतुआहि बस्ने ८ वर्षिय बालक सफला मियांलाई ठक्कर दिएको हो । साईकलमा सवार भई घर तर्फ जांदै गरेका अब्दुल मियांं र सफला मियांलाई पछाडिबाट स्कुटरले ठक्कर दिएको बारा प्रहरीले जनाएको छ । स्कुटरको ठक्करबाट ५ वर्षिय अब्दुला मियांको बायां घुडामा सामान्य चोट लागेको छ भने सफला मियांलाई मुख र अनुहारमा चोट लागेको हो । स्कुटरमा सवार भएकी २५ वर्षिय नाजुमा खातुनको दाहिने हातमा सामन्य चोट लागेको छ । घाईते तीनैजनाको सिम्रोनगढ नजिकै रहेको अस्पतालमा उपचार भईरहेको डिएसपी थापाले जानकारी दिनु भयो । ठक्कर दिने स्कुटर भने प्रहरीको हिरासतमा रहेको छ