अबैध तरिकाले नदीजन्य पदार्थ उत्खनन् गरीरहेको अवस्थामा मकवानपुर प्रहरीले सातवटा ट्रयाक्टर नियन्त्रणमा लिई कारवाही प्रक्रिया अगाडी बढाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोली गस्ती गर्ने क्रममा राप्ती खोलबाट अबैध तरिकाले नदीजन्य उत्खनन् गरीरहेको अवस्थामा प्रहरीलाई हेर्न बितीकै ट्रयाक्ट्रर छाडेर चालक फरार भएका छन् । खोलाबाट प्रहरीले ना ६ त ३७८३, ना ४ त ५७०७ , ना ६ त् २११७, ना ६ त १०५१, ना ७ त ५९७२ र अनटेस्ट टयांकट्रर नियन्त्रणमा लिएको मकवानपुरका प्रहरीले जनाएको छ । प्रहरी हिरासतमा रहेको सातवटा टंयाक्ट्ररलाई थप कारवाहीको लागी जिल्ला समन्वय समिती कार्यालयमा पठाउने तयारी भईरहेको मकवापुर प्रहरीले जारी गरेको प्रेस बिज्ञप्तीमा उल्लेख गरिएको छ ।