कठियांग्रो जाडोले गर्दा बीरगंज नगरक्षेत्रमा बसोबास गर्न बृद्ध र बृद्धाहरुको जनजीवन कष्टकर भएपछि महानगरपालिका मेयर बिजय सरावगीले चिसोबाट बच्नका लागी बृद्ध र बृद्धाहरुलाई कम्बल बितरण गर्नु भएको छ । बीरगंज महानगरपालिकाको जनकल्याणीकारी योजना ल्याएर बृद्धबृद्धाहरुलाई महानगरका ३२ वटा वडामा रहेका प्रत्येक ज्येष्ठ नागरिकहरुलाई एक थान कम्बल, एक थान झुल, एक थान छाता र एक थान टर्च लाईट बितरण गरिएको हो । महानगरपालिकाले जनकल्याणकारी योजना अन्तर्गत महानगरभित्रका करिब ६ हजार ज्येष्ठ नागरिकहरुलाई न्यानो पार्ने कम्बल तथा अन्य आवश्यक सामग्रीहरु बितरण गर्ने योजना रहेको महानगर प्रमुख सरावगीले बताउनुभयो ा पुस १७ गते वडा नम्बर १४ बाट सुरु गरेको कम्बल वितरण अभियान अन्तर्गत बिहीबार वडा नम्बर ५, ८, १३, १५ र १६ का ज्येष्ठ नागरिकहरुलाई न्यानो कम्बल सहितको सामग्री वितरण गर्नुभएको छ । यसैबीच महानगरपालिकाले जाडोबाट बच्नका लागी नगरको बिभिन्न स्थानहरुमा दाउरा बितरण गरी आगो ताप्नका लागी ब्यवस्था गरेको छ । महानगरपालिकाले डिभीजन बन कार्यालय पर्साबाट दाउरा खरिद गरी बिहीवार देखी दाउरा बितरण कार्यक्रम शुरु गरिएको नगर प्रमुखको सचिवालयले जनाएको छ । यसैगरी । वीरगंज माहानगरपालिका र माट्रिका आइ फाउण्डेशनको संयुक्त आयोजनामा गत १८ गते वडा नम्बर २९ बस्डिल्वामा भएको आँखा शिविरमा परीक्षण क्रममा पहिचान गरिएका मोतियाबिन्दुका बिरामीहरुको हिजो आँखाको निःशुल्क शल्यक्रिया गरिएको छ । बीरगंजका महानगर प्रमुख सरावगीले आपूmले पाउने सेवा सुविधाबाट स्थापना गरिएको मेयर कल्याणकारी कोषबाट महानगरपालिकाका २ हजार ५ सय आँखाका बिरामीहरुलाई निःशुल्क आंखाको शल्यक्रिया गरिने नगर प्रमुखको सचिवालयले जनाएको छ ।