बिकाशको कार्यमा पर्सा क्षेत्र नम्बर ३ का प्रतिनिधी सभा सदस्य हरिनारायण रौनियार अग्रसर हुनु भएको छ । सांदस रौनियारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रलायलाई पत्र लेखेर पर्सा क्षेत्र नम्बर ३ लाई बिकाश निर्माण कार्यमा समावेश गर्न मांग गर्नुभएको छ। पत्रमा जनता सडक अन्तर्गत रडपुरी टांडी, जमुनीया, सथाव्ल, मनवा र पोखरीया नगरपालिका अन्तर्गत पर्ने ढोंगहि तथा धुतहा पुल निर्माण गर्नका लागी मांग गरिएको छ । पर्सा जिल्ला क्षेत्र नम्बर ३ मा अझै पनि दुत्रगतिमा बिकाश हुन नसकेको भन्दै बिकाश तथा निर्माण कार्यमा समावेश गर्नका लागी सांसद रौनियारले सामान्य तथा प्रशासन मन्त्रालयलाई पत्र लेखेर ध्यानकर्षण गराउनु भएको हो । पोखरीया नगरपालिकाको सिसियाडी चौक देखी गोबिन्दपुर हुदै महेन्द्रपथ सडक निर्माण, पटेर्वा सुगौली गाउँपालिकाको सडक नर्मिाण पोखरीयाको कृष्णा मन्दिर सम्मको बाटो निर्माण , हुलाकी सडक देखी औराहा झकरा सडक निर्माण लगायत सडक , मन्दिर तथा धर्मशाला निर्माणका लागी पत्र सांसद रौनियारले पत्र लेख्नु भएको छ ।