पुष महिनामा २७ र २८ गते हुन लागेको नेकपा एमाले आठौै जिल्ला अधिवेशनमा आफु अध्यक्ष पदमा उम्मेदवारी दिने हाल बीरगंज नेकपा एमाले पर्सा जिल्ला सचिव मनोज गुप्ताले बताउनु भयो । नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाहलमा पत्रकार सम्मेलन गर्दे गुप्ताले आफु अध्यक्ष पदको लागी उम्मेदवारी दिए ेपनि हामी बिच सहमती हुने बताउनु भयो । पत्रकार सम्मेलनमा छिपरमाई गाउँपालिकाका अध्यक्ष समेत रहेका गुप्ताले जनताको चाहना बिचार र समस्याको समाधानको लागी सुखी र खुशी पर्सेलीको अवधारण पुरा गर्नका पनि आफु अध्यक्ष बन्न तत्पर रहेको बताउनु भएको छ । आफु अध्यक्ष भएमा आउने तीन तहको निर्वाेचनमा पर्साबाट एमाललेलाई पहिलो शक्ति बनाउने दाबी गरे, कार्यकर्ताहरुलाइ कल्याणकोष निर्माण समस्या परेका कार्यकर्ताहरुलाई कोष परिचालन गर्ने र पार्टी कार्यलयलाई प्रविधि र सुबिधा सम्पन्न बनाईने गुप्ताले दाबी गर्नुभयो ।