वीरगन्ज महानगरपालिका मेयर बिजय सरावगीले महानगरपालिकाको वडा नम्बर १, २०, २४ र ३० मा ज्येष्ठ नागरिकहरुर्ला जाडोबाट बच्नका लागी न्यानो कम्बल सहित सामग्रीहरु वितरण गर्नु भएको छ । महानगरपालिाको ६ हजार ज्येष्ठ नागरिकहरुलाई सम्मान सहि न्यानो कम्बल लगायत साम्रगी बितरण गर्ने योजना अनुसार चारवटा वार्डहरुमा ज्येष्ठ नागरिकहरुलाई एकथाल कम्बल, झुल, छाता र टर्च वितरण गरिएको हो । चिसो बढेसंगै ज्येष्ठ नागरिकहरुलाई राहत होस भने नगरप्रमुख बिजय कुमार सरावगीले न्यानो कम्बल सहितको सामग्री वितरण गर्नु भएको हो । महानगरपालिकाको जनकल्याणकारी योजना अन्तर्गत अभियान निरन्तर जारी रहने नगर प्रमुख सरावगीले बताउनुभयो ा बीरगंजको बिभिन्न वार्डहरुमा मेयर सरावगीले ज्येष्ठ नागरिकहरुलाई कम्बल बितरण गरिसक्नु भएको छ ।