बीरगंजलाई प्रदेश २ को राजधानी बनाउनका लागी लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेश मान सिंह लगायतका नेताहरुले मांग गरेको छन् । मधेश आंदोलनको बखतमा मधेशी नेताहरुले बीरगंलाई केन्द्र बिन्दु बनाई हुनाले बीरगंजलाई नै प्रदेश नम्बर दुईको राजधानी हुनुपर्ने मांग राख्दै नेता सिंहले प्रदेश सभामा प्रमुख प्रतिपक्षी रहेको लोकतान्त्रिक समाजवादी पार्टीका नेता जितेन्द्र सोनललाई ज्ञापन पत्र बुझाएका हुुन् । देशको आथिर्क नगरी र भौतिक आधारले गर्दा पनि बीरगंजलाई प्रदेश २ को राजधानी बनाउनु पर्ने कुरामा नेता सिंहले जोड दिनु भयो । ज्ञापन पत्र बुझाउंंदै नेता सिंहल बीरगंज बाहेक अन्य बिकल्प नरहेको बताउनु भएको छ । पटक पटक मधेश आंदोलनको केन्द्र बिन्दु बनेको बीरगंजालाई मधेशी नेताहरुले बीरगंजवासीहरु संग बीरगंज नै राजधानी हुने वाचा गरेका थिए । तर आज राजधानीको कुरा आएपछि जनकपुरलाई राजधानी बनाउनका लागी ठुलो षड्यन्त्र भईरहेको हुनाले बीरगंज बिरोधी नेताहरुलाई सचेत गराउनका लागी नेताको घरमा पुगेर बीरगंजलाई राजधानी बनाउनका लागी ज्ञापन पत्र बुझाएको नेता सिंहको भनाई रहेको छ ।