मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दीको जन्मस्थान पर्सा जिल्लामा ब्यापक बिरोध एवम् प्रर्दशन भईरहेको छ । मुख्यमन्त्री गद्दीले आफनो पद जोगाउनका लागी मधेश प्रदेशको राजधानी जनकपुरधामलाई कायम गराएको आरोप लगाउंदै पर्सा जिल्लामा ब्यापक मुख्यमन्त्री गद्दीको पुत्ला दहन गरी बिरोध प्रर्दशन भईरहेको हो । पर्सा जिल्लाबाट राजनितिक शुरु गरेका मुख्यमन्त्री मोहम्मद लाल बाबु राउत गद्दीले बीरगंजलाई मधेश प्रदेशको राजधानी बनाउनका लागी अहम भुमिका नखेलेको भन्दै युवा तथा स्थानिय राजनितिक दलका नेताहरुले चर्काे बिरोध गरीरहेका छन् । मधेश आंदोलनको केन्द्र बिन्दु बनेको बीरगंज ६ महिना बन्द हुदां यहांका उधोगी एवम् ब्यापारीहरु धरासायी भएका छन् । मधेश आंंदोलनलाई सफलताको शिखरमा पुयाउने बीरगंजलाई मधेशी दलका नेताहरुले भेदभाव गरेका छन् । आर्थिक नगरी बीरगंज मधेश प्रदेशको राजधानी लागी योग्य रहंदा पनि जनकपुरधामलाई राजधानी बनाएकोमा बीरगंजवासीहरु असंतृष्ट रहेका छन् । मधेशी नेताहरुलाई राजनितिकमा अप्ठ्यारो परेको अवस्थामा बीरगंजलाई टा्जिन्ट प्वाईन्ट बनाई राजनितिक गर्ने गरेको हामी सबैलाई अवग्त भएको कुरा हो । बीरगंजको बिकाश नचाहने नेताहरुले ठुलो षड्यन्त्र गरी जनकपुरधामलाई राजधानी कायम गरेका छन् । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दी पर्सावासी हुन् । उनी आज मुख्यमन्त्री पदमा हुनु भनेको पर्सावासीहरुको मतदानले गर्दा हो । बीरगंजलाई मधेश प्रदेशको राजधानी कायम गर्नका लागी मुख्यमन्त्री लालबाबु राउत गद्दी र लोसपका नेता एवम् पुर्व मन्त्री जितेन्द्र सोनल लगायत बारा पर्साबाट निर्वाेचित एवम् मनोनित भएका केही प्रदेश सभा सदस्यहरुले पनि अहम भुमिका नखेलेको स्पष्ट देखिएको छ । बीरगंजको नगर क्षेत्र एरियामा मुख्यमन्त्री गद्दीको पुत्ला दहन गरी नारा जुलुश समेत प्रर्दशन भईरहेको छ । बीरगंजको बिकाश नचाहेका गद्दीले बीरगंजवासीहरु संग ठुलो घात गरेको भन्दै युवाहरुले मुख्यमन्त्री गद्दीको चर्काे बिरोध गरीरहेका छन् । यसैगरी नेपाली कांग्रेश बीरगंज नगर कार्य समितीले मुख्यमन्त्री लालबाबु राउत गद्दीको बिरोध गर्दे मोटरसाईकल रयाली एवम् बिरोध जुलुश प्रर्दशन गरेको छ । बीरगंजको घण्टाघरबाट निस्कीएको बिरोध रयालीले मुख्यमन्त्री मुर्दावाद , मुख्यमन्त्री पदबाट राजीनामा देउ, मधेश प्रदेशको राजधानी बीरगंजलाई कायम गर भने नाराको साथ नगर परिक्रमा गरी मुख्मन्त्री गद्दीको घर अगाडी प्रर्दशन गरेका छन् । प्रर्दशनमा बीरगंजवासीहरुलाई धोका दिएका मन्त्री हामीलाई चाहिदैन, कुर्सी बचाउनका लागी जन्मभुमि संग सौदा गर्ने मुख्यमन्त्रीले राजीनामा देउ जस्ता नाराबजाी गर्दे घर अगाडी प्रर्दशन गरेका छन् । प्रर्दशनको क्रममा मुख्मन्त्री लालबाबु राउतको घरमा ढुगां मुढा प्रहार भएको छ । नेपाली कांंग्रेश बीरगंज नगर कार्य समितीले प्रर्दशन गरीएको रयालीमा ढुगां मुढा प्रहार हुदां मुख्यमन्त्रीको घरको सिसा फुटेको छ भने मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी एवम् प्रवतmा ओमप्रकाश खनालले बताउनु भयो । मन्त्रीको निवासमा ढुगां मुढां प्रहार गरेको आरोपमा पर्सा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ । बीरगंज महानगरपालिका वडा नम्बर १३ ्िस्थत रहेको तेजारथ टोल नजिकै रहेको मुख्यमन्त्री गद्दीको निवासमा ढुगां मुढा प्रहार गरेको आरोपमा बीरगंज महानरपालिका वडा नम्बर १ बस्ने २६ वर्षिय सुमन पटेल प्रकाउ परेको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी एवम् प्रवतmा ओमप्रकाश खनालले बताउनु भयो ।