तोकीएको मुल्य भन्दा बढी रकम लिएको आरोपमा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ । बिक्र्री गर्न राखीएको मास्कको मुल्य तोकीएको भन्दा दोब्बर लिएका हेटौडा उपमहानगरपालिका वडा नम्बर १ स्थित रहेको अन्सारी फार्मेसीका संचालक एवम् बीरगंज महानगरपालिका वडा नम्बर १६ बस्ने ४० वर्षिय साजीत अंसारी र सक्षम औषध पसलका संचालक महोतरी घर भई हेटौडामा औषधी पसल संचालन गरी ब्यवसाय गर्दे आएका ३७ वर्षिय बब्लु पांण्डेलाई नियन्त्रणमा लिएको मकवानपुर प्रहरीले जनाएको छ । मास्कमा कालोबजारी भईरहेको स्थानियहरुले प्रहरीलाई जाकारी गराएपछि प्रहरीले उनीहरुलाई प्रकाउ गरेको हो । प्रहरी ग्राहक बनेर मास्क खरीद गर्न जांदा तोकीएको मुल्य भन्दा बढी रकम लिएपछि दुबैजनालाई नियन्त्रणमा लिएको हो ।