अगामी बैशाद ३० गते नेपाल सरकारले स्थानिय तहको निर्वाेचन गर्ने घोषणा गरेको छ । स्थानिय तहको निर्वाेचन घोषणा भएलग्तै पर्साको राजनितिकमा ब्यापक चलखेल शुरु भईसकेको छ । नेताहरु आफनो निर्वाेचन क्षेत्रमा होमिन थालेका छन् । बैशाख ३० गते स्थानिय तहको निर्वाेचन हुनेभएपछि निर्वाेचित जनप्रतिनिधीहरुले आफनो क्षेत्रमा थन्किएको बिकाशको योजना ल्याउने तर्फ केन्द्रित भएका हुन् । चारवर्ष देखी अल्झाएर राखेका बिकाशको योजना जनप्रतिनिधीहरुले धमाधम गर्ने पक्षमा रहेको देखिन्छ । निर्वाेचनमा आफुले बिकाशको काम गरेको भन्दै जनताहरु संग मतदान माग्ने सहज हुने आश्वासनले थन्किएको बिकाशको योजना ल्याउने तर्फ दौडधुप गरीरहेका छन् । राजनितिकले गर्दा चारवर्ष अधि नै हुनुपर्ने बिकाश थन्केएर बसेको हो । सरकारले स्थानिय तहको निर्वाेचनको मिती घोषणा गरेपछि निर्वाेचित जनप्रनिनिधी कम्मर कसेर लागी परेका छन् । चारवर्ष देखी बिकाश गर्ने नसकेका जनप्रतिनिधीहरुले अब के बिकाश गर्लान त ? कमिशनको चक्करमा बिकाशको नाममा रकम लिने खोजेको स्पष्ट देखिएको छ । थन्किएको बिकाशको काम आउने जनप्रतिनिधीले गर्नुपर्छ गुणस्तरीय कार्य हुन्छ । अहिलेका प्रनिनिधीहरुलाई बिकाशको नाममा गुणस्रीहीन काम गर्छन होला जस्तो लाग्छ । हतारमा बिकाशको काम नगरौं बिस्तारै गरौ गुणस्तरीय गरांै , बिकाशको काममा राजनितिक नगरौ ं