बीरगंज महानगरपालिका नगर प्रमुख बिजय सरावगीले महानगरपालिकाको वडा नम्बर १५ लक्ष्मणुवामा निर्माण सम्पन्न भएको मन्दिरको उदघाटन गर्नुभएको छ । महानगर प्रमुख सरावगीले माहानगरपालिकाको नगरस्तरीयबाट १८ लाखको बजेट बिनीयोजन गरी वडा नम्बर–१५ लक्ष्मणुवामा निर्माण भएको श्मशानघाटको नगरप्रमुख बिजय कुमार सरावगीले स्थलगत अनुगमन गर्नुभएको हो । श्मशान घाटसम्म जाने बाटो निर्माण गर्न स्थानीयवासीको बमोजिम दस लाख रुपैंया माहानगरबाट दिने घोषणा पनि गर्नु भएको थियो । नगर प्रमुख विजय कुमार सरावगीले महानगरपालिका भित्र निर्माणधिन विभिन्न भौतिक संरचनाहरुको निरन्तर निरीक्षण अवलोकन गर्दै आउनु भएको छ ।