बिभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेशमा प्रवेश गरेका छन् । पर्साको ठोरी गाउँपालिका ७० जनाले बिभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेशमा प्रवेश गरेको पर्सा क्षेत्र नम्बर ४ का सभापति श्रीकान्त यादवले बताउनु भयो । ठोरी गाउँपालिका वडा नम्बर ४ स्थित रहेको बिजयबस्तीमा एक कार्यक्रमको आयोजना गरी नेपाली कांग्रेशका केन्द्रिय सदस्य रमेश रिजालले नवप्रवेशीहरुलाई फुलमाला अबीर लगाई पार्टी प्रवेश गराउनु भएको हो । पार्टी प्रवेश कार्यक्रममा मधेश प्रदेशका महामन्त्री बृहस्पतिकृष्ण श्रेष्ठ, प्रदेश सभा सदस्य शंकर चौधरी, नेता रमेश पाण्डे, सहरुम गद्दी , नविन सिंह लगायत नेताहरुको उपस्थिती रहेको थियो । नेकपा मओवादी पार्टी परित्याग गरी ११ जना लगायत ७० जनाले पार्टी प्रवेश गरेका छन् ।