बीरगंज महानगरपालिका मेयर बिजय सरावगी जसपा पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एमालेका केन्द्रिय अध्यक्ष एवम् पुर्वप्रधानमन्त्री केपी ओलीले फुलमाला अबिर लगाएर बिजय सरावगीलाई पार्टी प्रवेश गराएका हुन् । पार्टी प्रवेश कार्यक्रममा बोल्दै पुर्वप्रधानमन्त्री ओलीले नेकपा एमाले देश बनाउने पार्टी भएको बताउंदै जनताको समस्या समाधान गर्ने पार्टी भएको दाबी गर्नु भयो । एमाले मुद्दा उठाएर, मुद्दा देखाएर मुद्रा कमाउने पार्टी नभएर जनताका वास्तविक समस्यालाई समाधान गर्ने पार्टी भएको बताए । प्रतिपक्षमा भएपनि एमालेमाथि सबैको विश्वास रहेको बताउँदै आगामी निर्वाचनबाट एमाले पहिलो पार्टी बनेर अगाडी आउने ओलीले दावी गरे । नवअगन्तु एमालेमा पार्टी प्रवेश गरेका मेयर सरावगीले जसपा पार्टीमा अहिले पनि जातीवाद हाबी रहेको हुनाले पार्टी परित्याग गरेको बताउनु भयो । नेशनल मेडिकल कलेजका सञ्चालक जैनुदीन अन्सारीको छोरीको विवाहमा सहभागी हुन् वीरगञ्ज आएका पूर्व प्रधानमन्त्रीसमेत रहेका केपी ओलीले मेयर सरावगीलाई फूलमाला लगाएर पार्टी प्रवेश गराएका छन् । सरावगीसँगै वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष भरत कुर्मी, वडा नम्बर २५ का वडा अध्यक्ष अवध किशोर कुशवाह, माओवादी केन्द्रका नेता बाबुराम कौशिकलगायतले एमाले प्रवेश गरेका छन् ।