बीरगंज उधोग वाणिज्य संघको आर्थिक सहयोगमा पर्साको पोखरीया नगरपालिका वडा नम्बर ४ स्थित रहेको अस्पतालमा निर्मित चिकित्सा कक्ष र संघन चिकित्सा कक्षको एक कार्यक्रम बीच नगर प्रमुख दीपनारायण रौनियार र नेपाल उधोग वाणिज्य संघ महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले संयुतm रुपमा उद्घाटन गर्नु भएको छ । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दे पोखरीया नगरपालिका मेयर रौनियारले गरीब जनताहरुलाई उपचारमा समस्या नहोस उदेश्यको साथ अस्पतालमा शल्य चिकित्सा कक्ष र संघन चिकित्सा कक्ष सञ्चालनमा ल्याएको बताउनु भयो । निजी अस्तापलमा उपचार गराउंदा रकम धेरै नै लाग्ने गरेको हुनाले गरीब तथा बिपत्र परिवारका सदस्यहरुलाई पोखरीया अस्पतालमा नै उपचार हुने ब्यवस्था मिलाईएको नगर प्रमुख रौनियारले भने, रकमको अभावले गर्दा उचित उपचार नहुदां बिरामीको ज्यान जाने गरेको र उपचारको लागी बीरगंजको अस्पताल धाउनु पर्ने समस्या हट्को बताउंदै बीरगंज उधोग वाणिज्य संघको सहयोगले निर्मित शल्य चिकित्सा कक्ष र संघन कक्षमा सम्पुर्ण पोखरीया नगरवासीलाई उपचार गराउने तथा परामर्श समेत दिने ब्यवस्थापन गरीएको दाबी गर्नु भयो । उद्घाटन समारोहमा हर्षित हुदै नगर प्रमुख रौनियारले वर्षाे देखी पोखरीयाका जनताहरुले देखेको सपना पुरा भएको बताए । आफुले स्थानिय तहको निर्वाेचनमा गरीएको वाचा पनि पुरा गरेको दाबी गर्नु भएको छ । कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, बीरगंज उधोग वाणिज्य संघका अध्यक्ष सुबोध गुप्ता, उपमेयर सलमा खातुन , पोखरीया नगरपालिका कर्मचारी लगायत स्थानिय जनिप्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।