बीरगंजका प्रभावशाली एवम् युवा नेता राजेश मान सिंह जनता समाजवादी पार्टीमा प्रवेश गर्ने भएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी लोसपा त्यागेर नेकपा एमाले प्रवेश गर्ने योजना बनाएका नेता सिंहले जसपामा प्रवेश गर्ने भएका छन् । नेता सिंहको सामजिक सञ्जाल फेसबुकमा जसपाका सांसद प्रदीप यादब र सिंहले हात मिलाउंदै पहिलो चरणको वार्ता सफल भएको लेख्नु भएको छ । यसैगरी पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदिप यादबले मधेश आंदोलनका दुई योद्धा एक भएको आफनो सामजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्नु भएको छ । नेता सिंह संग धोका भएको भन्दै एमाले पनि त्यागेर जसपामा प्रवेश गर्ने लागेको बीरगंजमा चर्चा चलेको छ । चैत्र ७ गते पर्साको पोखरीयामा आयोजना हुन लागेको कार्यक्रममा नेता सिंह जसपा प्रवेश गर्ने बुझिएको छ ।