वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष डा. सुबोधकुमार गुप्ताले नारायणी अस्पतालको स्तरोन्नति गर्नु पर्ने, पोखरिया अस्पतालमा डाक्टरहरुको दरबन्दी गर्नु पर्ने, वीरगञ्ज पथलैया औद्योगिक कोरिडोरमा काम गर्ने श्रमिकहरुलाई लक्षित गरी एउटा औद्योगिक अस्पतालको निर्माण गर्नुपर्ने, म्याद सकिएका औषधि तथा औषधिजन्य पदार्थलाई नष्ट गर्ने आधुनिक मेशिन सरकारी तवरबाट ल्याउनुपर्ने नेतृत्वमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडासँग उहाँकै कार्यकक्षमा भेटघाट गरी सुझाव दिनुभयो । छलफल गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले वीरगञ्ज उद्योग वाणिज्य सङ्घबाट प्रस्तुत गरिएको सुझाव अत्यन्तै सकारात्मक रहेको बताउनुहुँदै पोखरिया अस्पतालमा चाँडै डाक्टरको दरबन्दीको व्यवस्था गरिने, औद्योगिक अस्पतालको लागि पहल भइरहेको बताउनुभयो । उहाँले कानूनी जटिलताका कारण औषधि उद्योगहरुलाई बाधा परिरहेकोले सोलाई सहज तुलयाउने बताउनुभयो । उधोग वाणिज्य संघ बीरगंजका प्रतिनिधिहरु स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडासँग भेटघाट गरेका छन् । यसैगरी
बीरगंजको आर्थिक, सांस्कृतिक, पर्यटकीय सम्भावनालाई उजागर गर्दे वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष डा. सुबोधकुमार गुप्ता लगायत टोलीले ललितपुर उद्योग वाणिज्य सङ्घका पदाधिकारी तथा कार्य समिति सदस्यहरुसँग भेटघाट तथा अन्तरक्रिया गरेको छ । उहाँले तराई–काठमाण्डौं द्रुतमार्ग र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको शीघ्र निर्माणको लागि संयुक्त पहल गर्न आग्रह गर्नुभयो । ललितपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष मनोज बहादुर न्याछौंले ललितपुरको सांस्कृतिक र ऐतिहासिक महत्व बताउँदै पर्यटकीय दृष्टिकोणले निकै महत्वपूर्ण रहेकोले यस क्षेत्रमा आन्तरिक पर्यटक तथा सीमावर्ती क्षेत्रका पर्यटकहरुलाई यसका बारे जानकारीका साथै यस क्षेत्रको पर्यटन व्यवसायको प्रबद्र्धनको लागि सहकार्य गर्न आग्रह गर्नुभयो । वीरगञ्ज उद्योग वाणिज्य सङ्घ र ललितपुर उद्योग वाणिज्य सङ्घ बीच द्विपक्षीय व्यापार, विस्तार, आपसी समन्वय र सहकार्यका लागि २०७२ सालमा भगिनी सम्बन्ध कायम गरिएकोलाई स्मृति पत्रमा हस्ताक्षर गरी पुनः नवीकरण गरियो ।