पोखरीया नगरपालिकामा प्रशासकिय अधिकृतको बिषय लिएर स्थािनयहरुले तालाबन्दी गर्दा सेवाग्रहीहरु मर्कामा परेका छन् । सोमवार देखी स्थानिय वासिन्दा र युवाहरुले पोखरीया नगरपालिकामा तालाबन्दी गर्दा कामकाज ठप्प भएको छ । तालाबन्दीले गर्दा सेवाग्रहीहरुको कुनै कामकाज नभएको पोखरीयामा कार्यगत रहेका एक कर्मचारीले भने, दुई अधिकृत बीच मनमोटाव हुदां समस्या उत्पन्न भएको बताए । नगरपालिकामा पहिला देखी नै सन्देश यादब प्रशासकिय अधिकृत रहेको शतिm केन्द्र धाएर प्रशासकिय अधिकृत अशोक रौनियार हाजीर भएपछि बिवाद शुरु भएको हो । एउटा नगरपालिकामा दुईजना प्रशासकिय अधिकृत हुने नियमर छैन् । गाउँलेहरु अधिकृत सन्देश यादवको सरुवा नियम बिपरीत रहेको भन्दै पोखरीया नगरपालिकामा तालाबन्दी गरेका छन् । हामीलाई प्राप्त जानकारी अनुसार प्रशासकिय अधिकृतको बिवादमा हुदां राजनितिक दलका नेता तथा कार्यकर्ताहरुले फाईदा उठाउने गरेका छन् ।