एमाले र कांग्रेशका कार्यकर्ताहरु बीच झडप हुदां एमालेका नेता शिव पटेल घाईते भएका छन् । नेकपा एमाले नगर कमिटीले पर्साको बहुदरमाई नगरपालिका गत वर्षमा गरेको खर्चको बिवरण मांग गर्दा झडप भएको स्थानियहरुले भने, बहुदरमाई नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीको मिलोमतोमा भष्ट्रचार भएको भन्दै पछिल्लो आर्थिक वर्षमा गरेको खर्च बिवरण मांग गर्दै एमालेका नेताहरुले गत चैत्र १३ गते १३ सुत्रिय मांग सहित ज्ञापन पत्र बुझाएको थियो । ज्ञापन पत्र दिर्दै नेकपा एमाले नगर कमिटीले ४ दिनको अल्टिमेटम दिएको भएपनि प्रशासकिय अधिकृत बिधुर उप्रेतीले पुर्ण तीन दिनको म्याद मागेका थिए । अल्टिेमेटम दिएका म्याद सकिएपछि १३ सुत्रिय मांग बारे के भयो बुझन जांदा नगरपालिकामा नगरप्रमुख नितेश साहले कार्यकर्ता र गुण्डा लगाई नगरपालिकाको प्रवेशद्धारमै रोक्न खोजेपछि झपड भएको हो । कांग्रेश र एमालेका कार्यकर्ताहरु बीच झडप हुदां नेता शिव पटेल माथी दुब्र्यहार समेत भएको स्थानियहरुले बताएका छन् । सुचना मांग गर्ने हरेक नेपाली नागरिकहरुको अधिकारको कुरा हो । राज्यले सुचना उपलब्ध गराउनका लागी हरेका नगरपालिका वा गाउँपालिकामा सुचना अधिकारी तोकेको छ । निर्वाेचित जनप्रतिनिधिहरुले गरेको खर्चको बिवरण मांंग गर्देमा खर्च बिवरण नदिनु भनेको भष्ट्रचार लुकाउन खोज्को स्पष्ट देखिएको एमालेका नेता तथा कार्यकर्ताहरुको भनाई रहेको छ । चार वर्षमा गरेको अनिमियता लुकाउनका लागी हामी माथी दुब्र्यहार भएको नेता शिव पटेल भने, यता बहुदरामाई नगरपालिकाका नगर प्रमुख नितेन्द्र साहले एकैपटक ४ वर्षको सुचना मांग गरेको हुदां उपलब्ध गराउन समस्या भएको बताउंदै सुचना संकलनको नाममा सयौको संख्यामा रहेका समुहहरुले नगरपालिकामा नाराबाजी र उच्छखल गतिविधि गर्ने खोजेपछि प्रहरी प्रशासनको सहयोग लिएको नगरप्रमुख साहको भनाई रहेको छ । यता जिल्ला गाउँपालिकामा तालबन्दी गर्ने खोजेपछि प्रहरीले एमालेका कार्यकर्ताहरुलाई तालाबन्दी गर्ने नदिएको पर्सा प्रहरीले दाबी गरेको छ । प्रहरी समयमा पुगेको हुनाले झडप नभएको प्रहरीले भनाई रहेको हो ।