बिजय सरावगी बीरगंजको लागी अपरिचित ब्यतिm होइनन् । उनी महानगरपालिकाको नगर प्रमुखमा आशन ग्रहण गरेका ब्यतिm हुन् । पांच वर्षसम्मको लागी मेयर पदमा निर्वाेचित भएका बिजय सरावगीले आफनो कार्यकालमा नगरक्षेत्रको कति बिकाश गरे बीरगंजवासीहरुले मुल्यांकन गरीरहेका छन् । उधोगपतिबाट राजनितिक यात्रा शुरु गरेका सरावगीले गत निर्वाचनमा समाजावादी फोरम नेपाल पार्टीबाट मेयर पदमा चुनाव लडेका थिए बिजय सरावगीले निर्वाचनमा मशाल छाप चुनाव चिन्ह पाएका थिए । चुनाव प्रचार प्रसार गर्दा फोरम पार्टीबाट लडेका सरावगीले मेरो कसम भनेर घोषणा पत्र सार्वजनिक गर्नु भएको थियो । घोषणपत्रमा बीरगंजका किसानहरुलाई बिजुलीमा आधारित आधुनिक कुषिलाई प्रोत्साहन गर्नैछौ । यसको लागी प्रत्येक एक बिघाको लागी एक हाईड्रेलिक पम्मको ब्यवस्था गरिने आवश्यकता अनुसार आधुनिक बीज भण्डारको ब्यवस्था गरिने , बीरगंज चक्रपथ , बीरगंज महानगरपालिकाले आफनै मातहतमा संचालन हुने एउटा बिश्वबिघालयको स्थापना गरिने, स्मार्ट नगर क्षेत्र बनाईने, नाला ढालाको उचित ब्यवस्थापन हुने , महानगरपालिकालाई लोडसेटिंगबाट मुतm बनाईने, वर्षाे देखी बन्द रहेको कुषि औजार कारखाना, र चिनीमेल कारखानालाई पुरानै अवस्थामा फकाई यथाश्रिघ संचालन गर्नेको लागी केन्द्र सरकार संग पहल गरिने, नारायणी उप क्षेत्रीय अस्पताललाई शिक्षण अस्पतालको रुपमा बिकसित गरिने , बेरोजगार युवाहरुलाई रोजगारको ब्यवस्थापन गर्नुका साथै युवाहरुलाई बेरोजगारी भता पनि उपलब्ध गराईने लगायत बालबालिका तथा शिक्षा, युवा, महिला, किसान, ज्येष्ठ नागरिक , पयर्टन तथा पुर्वाधार , औधोगिक क्षेत्र, स्थानिय संघ संस्था , स्मार्ट प्राज्ञिक , मधेश तथा मधेशी सहिद , साँस्कृकित बीरगंज लगायत १०२ बुदे घोषण पत्र सार्वजनिक गरेका हुन् । मेयर पदमा निर्वाचित भएका सरावगीको कार्यकाल सम्म बीरगंजले बिकाशमा कति फड्को मार्न सकेको छ त बीरगंजवासीहरुको जिज्ञासा रहेको छ । पाँच वर्षको अवधिमा बीरगंज २० साल पछाडि परेको नगवा निवासी राजु गुप्ताले भने , उधोगपति बीरगंजको मेयर पदमा निर्वाचित हुदां सरकारले दिएको सुबिधा समेत नलिने घोषणा गरेको एक हप्ता पछि सरकारको ढुकुटीबाट करौडो रुपैयाको गाडी खरीद गरी घुमेका मेयरले बीरगंजको बिकाश भन्दा आफनो बिकाश गरेको बीरगंज आर्दशनगर निवासी हरि अग्रवालको भनाई रहेको छ । पांचवर्ष सम्म बीरगंजको बिकाश नहुनु बीरगंजावासीहरुको लागी दुर्भाग्य पुर्ण रहेको बीरगंज ८ निवासी राजकिशोरले साहले भने, संघीय सरकारबाट अर्बाे रुपैयाको बजेट आएको खोई त ? यदि मेयर निष्पक्ष छन भने आफनो कार्यकालको अवधिभरीेको हिसाब किताब सार्वजनिक गर्नुपर्ने रामटोलका हरिले बताए । भष्ट्रमा लिप्त भएछ भने हिसाब किताब सार्वजनिक गर्दैनन् । सरावगीले बीरगंजको बिकाश गर्नका लागी अग्रसर नदेखिएको बिर्ता निवासी बिनोद गुप्ताले बताउनु भयो । काम कम भाषण बढी छाड्ने नगर प्रमुख सरावगी जसपा पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका हुन् । म सरावगी नेकपा एमालेको सुर्य चिन्ह छापबाट मेयर पदमा लडिरहेका छन् ।