एमाले पार्टी पत्यिाग गरी जनता समाजवार्दी पार्टीमा प्रवेश गरेका छन् । गत स्थानिय तहको निर्वाचनमा एमाले पार्टीबाट छिपरमाई गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवारी दिनुभएका रंजित साह कानु लगायत दर्जनौ स्थानियहरु जसपामा प्रवेश गरेका छन् । एमाले परित्याग गरी जसपामा प्रवेश गरेकाहरुलाई पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदिप यादबले फुलमाला अबीर लगाई पार्टी प्रवेश गराउनु भएको हो । पार्टी प्रवेशमा सांसद यादब बोल्दै मधेशको हक र अधिकारको लागी जससपा मात्र रहेको हुनाले जसपा प्रति स्थानियहरुको आकर्षण बढ्दै गएको बताउनु भयो । बैशानख ३० गते हुन लागेको स्थानिय तहको निर्वाचनमा जसपालाई मत दिई स्थानियहरुले बिजयी बनाउने सांसद यादबको भनाई रहेको छ । मधेशी जनताहरुको हक र अधिकार जसपाले मात्र दिलाउन सक्ने भएको हुनाले आफु एमाले पार्टी परित्याग गरी जसपा रोजेको रंजित साह कानुले बताउनु भयो जसपा प्रवेश गर्नैहरुमा ताराचन्द पण्डित ,हफिज मियाँ ,शुकराज साह कानु ,धुरी साह कानु,नाजिर मियाँ ,रसुल मियाँ ,भिक्हम अन्सारी,अब्दुल मियाँ ,हाकिम यादव,शेख इदु ,लालन साह तेली ,शेख अनावर पन्ना देवान तथा कैलाश यादव लगायतको उपस्थिती रहेको थियो ।