जनता समाजवादी पार्टीमा आवद्ध रहेका महिला नेतृहरुले बैशाख ३० गते हुन लागेको स्थानिय तहको निर्वाचनलाई लक्षित गरी बीरगंज महानगरपालिकाको वडा नम्बर ३२ मा घर दैलो तथा जनता संग प्रत्यक्ष भेटधाट कार्यक्रमलाई तिब्रता दिईएको छ । घरदैलो कार्यक्रममा महिलाहरुको समस्या तथा गुनासोहरु महिलाले नै बुझ्ने हुँदा महिलाहरुका समस्याहरु सुन्न घरदैलो अभियान थालिएको जसपाकी महिला नेतृ पिंकी यादव बताउँछिन् ।जसपाले चुनावी गतिविधलाई बढावा दिएसँगै जसपानिकट विभिन्न जनवर्गिय संगठनहरु प्नि सक्रिय भएको महिला नेतृ अन्नपुर्ण मानन्धरको भनाई छ । जसपाले मात्र मधेशी महिला र मधेशीहरुको हक अधिकारको दिलाउन सक्ने बताउंदै स्थानिय तहको निर्वाचनमा जसपालाई मत दिई बिजयी बनाउन महिला नेत्रीहरुले आग्रह गरेकाी छिन् । घरदैलोमा महिला नेतृ प्रेरणा श्रेष्ठ, रेखा सिँह, नितु श्रेष्ठ लगायतका नेतृहरु सहभागी छन् ।