बीरगंजको बिकाश बिरोधी मेयरको अनुहार नगरवासीहरुले पहिचान गरिसकेको जसपाबाट बीरगंज महानगरपालिका मेयर पदका उम्मेदवार राजेश मान सिंहले आरोप लगाउनु भयो । बीरगंज वडा नम्बर १६ ईनर्वा गाउँमा आयोजित रात्रीसभालाई सम्बोधन गर्दे नेता सिंहले पाँच वर्ष सम्म मेयर पदमा आशिन हुदां बिजय सरावगीले नगरक्षेत्रको कति बिकाश गरे त ? बिकाशको नाममा ब्यापक भष्ट्रचार गरेको नेता सिंहको भनाई रहेको छ ।
सिंहले वीरगञ्जको विकासका लागि महानगरसँग पर्याप्त स्रोत, साधन र अर्थ हुँदाहुँदै पनि निर्वाचित मेयरले आफ्नो व्यक्तिगत स्वार्थ र कमिसनको चक्करमा एउटा ठूलो अवसर गुमाएको बताए । भ्रष्टचारी मार्फत पैसा कमाउने चक्करमा मेयरले आएको विकास बजेट पनि फ्रिज गरेर पठाएको र महानगरका हरेक शाखालाई कमिसनको आखाडा बनाएको सिंहको भनाई थियो ।
त्यसैगरी कार्यक्रममा बोल्दै सङ्घीय सांसद् प्रदीप यादवले अघिल्लो पटक विजय सरावगी जस्ता व्यक्तिलाई आफूहरुले मेयरमा निर्वाचित गराएर ठूलो भूल गरेको बताए । यादवले आफूहरुबाट भएको भूलोलाई सच्याउन जसपाले यस पटक विकास प्रेमी र जनताले मन पराउने राजेशमान सिंहलाई मेयरको उम्मेदवारका रुपमा अगाडि सारेको बताए ।
वडा नम्बर १६ का वडा अध्यक्ष उम्मेदवार परसुराम चौरसियाको सभापतित्वमा भएको कार्यक्रममा जसपाका नेता प्रेमबाबु पटेल, मुकेश द्विवेदी लगायतले आफ्नो मन्तव्य राखेका थिए ।