जनता समाजवादी पार्टीका नेता एवम् सतागठबन्धनको तर्फबाट बीरगंज महानगरपालिका
मेयर पदका उम्मेदवार राजेश मान सिंहको चर्चा बृद्ध , बृद्धा , युवा, ब्यापारी बर्ग देखी गाउँ र नगरको बिभिन्न स्थानहरुमा हुन थालेको छ । कोभिड १९ कोरोना भाईरसको पहिलो चरणमा नेपाल सरकारले लक डाउन गर्दा गरीब तथा असहाय ब्यतिmहरुलाई दुई छाक खानामा समस्या हुदां साबिह दरबार नामक संस्थानका नेपाल सयोजक राजेश मान सिंहले गरीब र असहाय ब्यतिmहरुलाई नि शुल्क भोजन बितरण गर्नु भएको थियो । रोग भन्दा भोगले मानिस मर्ने थालेपछि जसपाका नेता एवम् मेयर पदका उम्मेदवार राजेश मान सिंहले साबिह दरबार संस्थानको नामबाट लक डाउन भरी नि शुल्क भोजन बितरण गरेका ब्यतिm हुन् । जनताहरुलाई समस्या परेका बेलामा नेताहरुले सहयोग गर्नुपर्ने दायित्व हो । मधेश आंदोलन उच्च बिन्दुमा ल्याउनमा नेता सिंहले बीरगंजबाट अहम भुमिका निर्वाह गरेका नेता हुन् । राज्य मधेश आंदोलनको नाममा मधेशी जनताहरु माथी दमन गरीरहेको अवस्थामा नेता सिंहले राज्यको बिरोध गरेका थिए । मधेशी जनताहरुले शान्तिपुर्ण तरिकाले आफनो हक र अधिकार माग्दा तत्कालीन नेकपा एमाले पार्टीका केन्द्रिय अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीको नेतृत्व सरकारले मधेशमा प्रहरी लगाएर मधेशी जनताहरु माथी दमन गराएका थिए । बीरगंजमा प्रहरी प्रशासनले दमन र अत्यचार गर्नेथालेपछि नेता राजेश मान सिंह राज्य र प्रहरीको बिरोधमा आंदोलन गरेका थिए । आंदोलनमा बीरगंजवासीहरु नेता सिंहलाई साथ पनि दिएका हुन् । उनले आफनो राजनितिक शुरुवात गरेदेखि बीरगंजवासीहरुको पक्षमा उभिरहेका नेता हुन् राजेश मान सिंह, बीरगंज महानगरपालिका निर्वतमान मेयर बिजय सरावगीको कार्यकालमा बिकाशको नाममा भष्ट्रचार हुन थालेपछि भष्ट्रचारको खबरदारी गर्नका लागी जुलुश प्रर्दशन पनि भएको हो । यही बैशाख ३० गते हुन लागेको बीरगंज महानगरपालिकाको मेयर पदमा राजेश मान सिंह सतागठबन्धनको तर्फबाट उम्मेदवारी दिनुभएको छ । यसपालीको स्थानिय तहको निर्वाचनमा जनताले राजेश मान सिंहलाई नै मेयर पदमा हेर्न रुचाएको बृद्ध , बृद्धा , युवा ब्यापारी बर्ग देखी गाउँ गाउँ टोलमा चर्चा हुन थालेको छ ।