नेकपा एमाले पार्टीको तर्फबाट बीरगंज महानगरपालिकाको मेयर पदमा उम्मेदवार दिएका बिजय सरावगीलाई जनताहरुमा अलोकप्रिय हुदै गईरहेका छन् । मेयर पदमा हुदां सरावगीले बीरगंजको बिकाश नगरेको र करमा बृद्धी गरेर बीरगंजवासीहरुको ढाड सेकेर कर असुली गरी बीरगंजलाई ध्वस्त पारेका आरोप लाग्दै आईरहेको छ । बिजय सरावगी बीरगंजलाई कहिले पनि बिकास नगने पक्षमा रहेको स्पष्ट देखिएको छ । सोझा साझा जनताहरुलाई प्रलोभन दिई बिजय सरावगीले आफनो पक्षमा मत लिने प्रयास गरेपनि उनको प्रयास असफल हुने बीरगंजवासीहरको भनाई रहेको छ । लगभग पाँच वर्ष सम्म मेयर पदमा रहंदा जनताको बिश्वास जित्न नसकेका सरावगीले केही गर्न नसक्ने बीरगंज छपकैया निवासी रुस्तमले भने, जनताले गत स्थानिय तहको निर्वाचनमा बिश्वास गरेर देशको आर्थिक नगरी बीरगंजको मेयर पदमा सरावगीलाई निर्वाचित गराएका हुन् । पाँचवर्षको अवधिमा बीरगंज कतिको बिकाश भयो त ? वहाँले आफनो कार्यकालमा कर असुली मात्र गर्नु भयो । ब्यापारी पृष्ट भुमिबाट राजनितिकमा आउनु भएका बिजय सरावगीलाई बीरगंजवासीहरुले किन मतदान दिने बीरगंज रामगढवा बस्ने २५ वर्षिय युवा शुशिल पटेलको भने, आफनो जिल्लाका युवाहरुलाई रोजगार न्युनमात्रमा दिने अन्य जिल्लाका ब्यतिmहरुलाई नगरपालिकामा रोजगार दिने पटेलको गुनासो रहेको छ । निर्वाचनको बेलामा बीरगंजजवासीहरुको मतदान माग्ने रोजगार दिने बेलामा अन्य जिल्लाका ब्यतिmलाई दिने यस्ता नेताहरु बीरगंजको कहिले पनि बिकाश नगरी बरु बीरगंजलाई ध्वस्त पारेको आरोप रहेको छ । यस समबन्धमा बिजय सरावगी संग बुझन खोज्दा मोबाईल रिसिर्भ गर्नु भएन् ।